२०८२ मंसिर २४, बुधबार
काठमाडौँ गोर्खाजले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।



लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ३३ रन बनाए भने सन्दीप जोराले २३ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै निरोशान डिकवेलाले १४ रन बनाएका थिए ।
त्यसैगरी काठमाडौँका बलर सन्तोष यादवले २ विकेट लिए भने करण केसी, सन्नी पटेल, शाहाब आलम र राशिद खानले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ गोर्खाजले १९.१ ओभरमा अल आउट हुदै १११ रन मात्र बनाएको थियो ।
काठमाडौँका लागि सन्तोष यादवले सर्बाधिक २३ रन बनाएका थिए भने जोन सिम्पसन र मोहमद आदील आलमले १८-१८ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले १४ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर शेर मल्ल र कप्तान रोहित पौडेलले ३-३ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यानले २ र अभिषेश गौतमले एक विकेट लिएका थिए ।
योसँगै इलिमिनेटरको विजेता लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्ने भएको छ भने पराजित हुने टिम काठमाडौँ गोर्खाजको यस सिजनको एनपीएल यात्रा समाप्त भएको छ । अब लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोली खेल्ने छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे