२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आगामी सोमवार अर्थात साउन ९ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार आफ्नै कार्यालय बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएको हो । यस आईपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ ।
यस आधारमा गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १३ लाख २० हजार ९९४ जनाको हात खाली हुनेछ । यसमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । यसअघि स्थानीय बासिन्दालाई निष्कासन गरी बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणलाई निष्कासन गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले कम्पनीको आईपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
सम्बन्धित समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे