२०८१ बैशाख २०, बिहिबार
काठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान आफ्नै कार्यालयमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर साउन १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । विक्री अवधिभित्र कम्पनीको आईपीओ खरीदका लागि कुल १९ लाख ८० हजार ९७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६७० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कुल आवेदकहरूमध्ये २ हजार ३७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका १९ लाख ७८ हजार ५९४ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । यस बाँडफाँटमा ९१ हजार ३७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे