• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १९, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

नारायणघाट–बुटवल सडकखण्ड: प्रगति १८ प्रतिशत मात्रै, १ बर्ष म्याद थप!

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र १९, आईतबार

  • ३४९ पटक पढिएको
  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ ।

    नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।

    ४२ महिनाभित्र सम्पन्न गर्नेगरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार २०७९ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा अवधि किन थप गर्नुुपर्‍यो भन्ने जिज्ञासामा उहाँले कोभिड–१९ को महामारीका कारण समयमा काम हुन नसक्दा म्याद थपिएको बताउनुभयो ।

    कुरा बाझियो

    सो आयोजनाको म्याद थपबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र आयोजना प्रमुख दिष्टीको कुरा बाझिएको छ । तीन–तीन महिनामा आयोजनाको भौतिक प्रगतिको मूल्याङ्कन गरिने र प्रगति कम्तीमा १० प्रतिशत हुनुपर्ने सर्तसहित म्याद थप गर्ने निर्णय भएको बताउनुभयो । तर आयोजना प्रमुख दिष्टीले सो सर्तबारे अनभिज्ञता प्रकट गर्नुभयो ।

    मन्त्री राईले यसअघि संसदीय समितिमा सर्त नमान्ने हो भने ठेक्का रद्द गर्ने चेतावनी दिनुभएको थियो । त्यसपछि चीनबाटै आयोजनाको कामको मूल्याङ्कन भएको र सर्तसहित म्याद थप गरिने व्यवस्था भएको बताउनुभयो ।

    आयोजना प्रमुख दिष्टीले भने म्याद थपमा राखिएका सर्तबारे आफूलाई केही पनि जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म्याद थपका सर्तबारे मन्त्रीज्यूले नै भनेपछि कुरा सक्किइगयो नि । तर यसबारे मलाई केही पनि थाहा छैन ।” गएको असार ११ गते प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले सो आयोजनाको ठेक्का तोड्ने बताउनुभएको थियो ।

    मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र आयोजना प्रमुखको उपस्थिति रहेको सो बैठकमा समितिले सो आयोजनाबारे गम्भीरतापूर्वक छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन र आगामी दिनमा आयोजनाको लागत नबढ्नेगरी निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।

    दुई ‘प्याकेज’मा विस्तार

    आयोजना प्रमुखका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.५ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ गरी एकैसाथ विस्तार कार्य भइरहेको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ ११३ किलोमिटर रहेको छ । विस्तार भइरहेको सडकखण्डको ‘स्टान्डर्ड’ चौडाइ चार लेन (२४ मिटर) हुन्छ । अन्य क्षेत्रमा सडकको कुल चौडाइ ‘मेडियन’सहित चार लेनको हुन्छ भने ग्रामीण र सहरी क्षेत्रमा चार लेनका साथै  ‘सर्भिस ट्र्याक’समेत निर्माण गरिनेछ । ‘मेडियन’को चौडाइ तीन मिटर हुनेछ । विस्तार भइरहेको पूरै क्षेत्र (११३ किलोमिटर)मा हरियालीसहितको ‘मेडियन’ निर्माण भइरहेको उहाँले बताउनुभयो ।

    गैँडाकोट–दाउन्नेखण्डको सहरी क्षेत्र (१७.७ किमि)मा दुवैतर्फ ६ मिटरको ‘सर्भिस ट्र्याक’ पनि निर्माण भइरहेको छ । त्यसैगरी ग्रामीण क्षेत्र (४२.७ किमि) ‘सर्भिस ट्र्याक’बाहेक चार लेनको सडक निर्माण भइरहेको छ । त्यसैगरी कठिन भूगोलका कारण दाउन्ने उकालो क्षेत्रको ४.१ किलोमिटरमा विस्तारपछि पनि यो राजमार्ग तीन लेनको मात्र हुने उहाँले जानकारी दिनुभयो । दाउन्ने क्षेत्रमा सवारीसाधनले दुई लेन उकालो र एक लेन ओह्रालोमा गुड्नुपर्ने हुन्छ ।

    करिब १७ अर्ब रुपियाँ लागत

    आयोजनाका अनुसार एसियाली विकास बैङ्क (एडीबी) ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा राजमार्गको यस खण्डको विस्तार भइरहेको छ । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानी छ ।

    एडीबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नेगरी ऋण उपलब्ध गराएको हो । आयोजनाका अनुसार, गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपियाँ रहेको छ । गोराखपत्र अनलाइनबाट

  • नारायणघाट–बुटवल सडकखण्ड
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%
    प्रतिक्रिया दिनुहोस
    नवलपुर बिशेष सम्बन्धि थप
  • श्रीमतीको हत्या गरेको अभियोगमा सुनवलबाट श्रीमान पक्राउ

  • डा. निकोलस भुसाल गोरखाको आश्रमबाट पक्राउ

  • ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द

  • खाल्डाखुल्डीले पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • समाचार
  • १

    श्रीमतीको हत्या गरेको अभियोगमा सुनवलबाट श्रीमान पक्राउ
    २०८२ कार्तिक १८, मंगलबार

  • २

    डा. निकोलस भुसाल गोरखाको आश्रमबाट पक्राउ
    २०८२ कार्तिक १८, मंगलबार

  • ३

    ओम अस्पतालको क्यान्टिनमा अखाद्य बस्तु, महानगरले गर्यो ७ दिनका लागि बन्द
    २०८२ कार्तिक १८, मंगलबार

  • ४

    खाल्डाखुल्डीले पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
    २०८२ कार्तिक १८, मंगलबार

  • ५

    यलुङ रि हिमालको हिमपहिरोमा परेका ४ घाईतेको उद्दार
    २०८२ कार्तिक १८, मंगलबार

  • ६

    १६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए
    २०८२ कार्तिक १८, मंगलबार

  • ७

    फिल्म ‘रोल नं. १’ को लागि बाल कलाकारको अडिसन आह्वान
    २०८२ कार्तिक १८, मंगलबार

  • ८

    आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै शाक्यले दायर गरेको रिटमा आज पेशी
    २०८२ कार्तिक १८, मंगलबार

  • ९

    यी चार प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १८, मंगलबार

  • १०

    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा
    २०८२ कार्तिक १७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution