• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
१०

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार

सुत्केरीमा डरलाग्दाे ‘पोष्टपार्टम डिप्रेशन’, डेढ महिने छोरी छोडेर नारायणीमा हाम फालिन ऋचा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र २१, मंगलबार

  • ८८३ पटक पढिएको
  • झापाबाट सुत्केरी बस्न माइतीगाउँ चितवन खैरेहनी गएकी थिइन्, ऋचा उप्रेती । उपन्यासकार मिलन संग्रौलासँग प्रेमविवाहको तीन वर्षपछि १७ असारमा उनले छोरी जन्माइन् । शल्यक्रियाको घाउ निको भएपछि पति मिलनले २३ साउनमा ऋचालाई माइतीघर लगेर छाडेका थिए । तर, ७ भदौको अपत्यारिलो घटनाले उनले ऋचालाई सकुशल घर फर्काउन भने पाएनन् ।

    त्यो दिन बिहान साढे ११ बजेतिर छोरीलाई दूध खुवाएर ऋचा घरबाट निस्केकी थिइन् । नयाँ कपडा लगाएर निस्किँदा उनले टिकटक बनाउन नजिकै हजुरबुवा–आमाकहाँ जान लागेको भनेकी थिइन् । तर, हजुरबुवा–आमाकहाँ नगएर उनी १८ किलोमिटर पश्चिम नारायणी नदीको पुलमा पुगिन् । त्यो दिन नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाको बन्द थियो । सायद त्यसैले नारायणघाट पुग्न उनलाई झण्डै तीन घण्टा लाग्यो । दिउँसोको साढे २ बजेतिर केही म्यासेजहरू लेखेर मोबाइल पुलमै छाडेर उनी नारायणीमा हाम्फालिन् ।

    ‘अघिल्लो रात मसँग आधा घण्टा भिडियोकल भएको थियो । छोरीसँग उनी हाँसीखुसी थिइन्’, ऋचाका पति मिलनले भने, ‘बिहान पनि घरमा कुरा गरेकी थिइन् । बुबाआमालाई छोरी देखाएकी थिइन् । दिउँसो त्यस्तो निर्णय लिँदैछिन् भन्ने कल्पनासमेत भएन ।’

    चितवन प्रहरीले उद्दार टोली खटाएर नारायणीको बर्खे भेलमा हराएकी ऋचाको खोजी गर्‍यो । तर, उनी भेटिइनन् । जति प्रयास गर्दासमेत फेला नपरेपछि परिवारले मन बुझायो । आइतबार १३ औँ दिनको सांस्कृतिक विधि पुर्‍यायो । ‘मनको पीडा कसैलाई नभनेरै दूधे नानी छाडेर उनी गइन् । नियतिको खेल सहनुको विकल्प भएन’, मिलनले दुःख पोखे ।

    ऋचाले किन लिइन् यस्तो निर्णय ? 

    ऋचा र मिलनले प्रेम सम्बन्धलाई २०७६ फागुनमा विवाहमा परिणत गरेका थिए । उनीहरूबीच सम्बन्ध प्रेमिल थियो । पेसाले इन्जिनियर मिलन उपन्यासकारका रूपमा पनि परिचित छन् । उनका च्याट गर्ल र पर्पला उपन्यास प्रकाशित छन् ।

    ऋचा कान्तिपुर सीटी कलेज (केसीसी)बाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दै थिइन् । ‘ऋचा चारवटै सेमेस्टर राम्रो ग्रेडसहित पास भएकी थिइन् । थेसिस सुरु गर्दै थिइन् । एक्कासि यस्तो दुःखद् खबर आयो’, केसीसीका पत्रकारिता विभागका प्रमुख राजीव तिमिल्सिनाले भने ।

    एकाएक यस्तो घटना कसरी भयो ? पति मिलन भन्छन्, ‘हामीले थाहै नपाई उनलाई पोष्टपार्टम डिप्रेशन भएछ । बुबाआमा र मैले चिन्ता गर्लान् भनेर पीडा मनमै लिएर केही नभनेरै गइन् ।’

    माइतीघर खैरेहनी गएपछि ऋचामा निद्रा नलाग्ने समस्या भयो । छोरीको स्याहार र दूध चुसाउन  छिनछिनमा उठ्ने गर्दागर्दै उनको आँखाबाट निद्रा हरायो । भित्रभित्रै निराशाले गाँजेको थियो सायद । तर, उनले कहिल्यै अनुहारमा दुःख, पीडा र निराशा नदेखाएको पति मिलन सुनाउँछन् । मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल पोष्टपार्टम डिप्रेशनका कतिपय बिरामीमा अरुलाई पीडा नदेखाइ बाहिरबाट हेर्दा हाँसीखुसी लक्षण पनि हुने बताउँछन् । ‘यसलाई हामी स्माइली डिप्रेशन भन्छौँ । बिरामीको यस्तो व्यवहारले धेरैलाई झुक्याउँछ’, डा रिजाल भन्छन्, ‘मनमा दुःख, पीडा र निराशा राखेर बाहिर सबै ठीकठाक छ भनेजसरी हिँड्दा कसैले अनुमानसम्म गर्दैनन् ।’

    ऋचा उपचारका लागि चिकित्सककहाँ पनि पुगेकी थिइन् । चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएका पनि थिए । तर, उनी ‘नानीलाई लिएर अस्पताल बस्न गाह्रो हुन्छ, नियमित औषधि खान्छु’ भनेर घर फर्केकी थिइन् । आफूमा बढ्दै गएको बेचैनी, निराशा र अनिद्राबारे उनले बहिनीलाई बताएकी थिइन् । तर, बुबाआमा र आफूले थाहा पाए चिन्ता गर्छन् भनेर कसैलाई नभन्नु भनेकी थिइन् । त्यसैले पोष्टपार्टम डिप्रेशनको अन्तिम तहमा पुग्दासमेत मिलन र बुबाआमाले थाहपत्तो पाएनन् । ‘निद्रा नलागेको भन्थिन् । त्यसलाई हामीले सामान्य रूपमा लियौँ । त्यो नै गल्ती भयो’, उनले भने ।

    के हो पोष्टपार्टम डिप्रेशन ? 

    मानसिक रोग विशेषज्ञ डा बासुदेव रिजाल गर्भावस्था र बच्चा जन्मिइसकेपछि धेरै आमामा देखिने डरचिन्ता र निराशा बढ्दै जाँदा पोष्टपार्टम डिप्रेशन हुने बताउँछन् । उनका अनुसार, हरेक सुत्केरी आमामा एकखालको डर चिन्ता उत्पन्न हुन्छ । त्यसलाई पोष्टपार्टम ब्लुज भनिन्छ । ७० देखि ८० प्रतिशत सुत्केरीमा त्यो समस्या हुने गरेको उनी बताउँछन् । त्यो समस्या सामान्य र अस्थायी खालको हुन्छ । सुत्केरीलाई ७२ घण्टासम्म त्यो डर चिन्ता र निराशाले सताउने रिजालको भनाइ छ ।

    केही सुत्केरीमा लामो समय असर हुने समस्या देखिन्छ, जसलाई पोष्टपार्टम साइकोसिस भनिन्छ । डा रिजालका अनुसार, त्यस्ता सुत्केरीमा यो बच्चा किन जन्मियो भन्ने भावना जन्मिन्छ । ‘यो बच्चाले मलाई हानी गर्नसक्छ भनेर आमाले बच्चा स्याहार्नै छाड्छन् । कतिपयले मेरो बच्चा हैन भनेर अस्वीकारसमेत गर्छन्’, उनले भने । त्यस्तो समस्या २० देखि २५ प्रतिशत सुत्केरीमा देखिने गरेको छ ।

    पोष्टपार्टम डिप्रेशन साइकोसिसकै एउटा पाटो हो । यसमा आमाले बच्चाको स्याहार नगर्ने, खाना पनि नखाने, सामान्य सरसफाइमा पनि ध्यान नदिने लक्षण देखिन्छ । ‘यो डिप्रेशन बढ्दैजाँदा कतिपयले बच्चा र आफूलाई नै हानी पुग्ने गतिविधि गर्नसक्छन्’, डा रिजालले भने, ‘त्यस्ता सुत्केरीलाई तत्काल औषधि उपचार सुरु गरिएन् भने आत्महत्याको तहमा पुग्छ ।’ खाना नखाने र आफू तथा बच्चालाई हानी पुर्‍याउने तहमा पुगेका बिरामीलाई करेन्ट लगाएर द्वितीय उपचार गर्नुपर्ने हुनसक्ने उनी बताउँछन् ।

    मानसिक रोग विशेषज्ञ डा रिजालको अनुभवमा समाजमा प्रायः समस्या देखिए पनि धेरैलाई पोष्टपार्टम डिप्रेशनबारे जानकारी नहुँदा क्षति ब्यहोरेपछि मात्र थाहा पाउने अवस्था छ । ऋचाको घटना विश्लेषण गर्दा उनले नारायणीमा हाम्फाल्ने योजना पहिल्यै बनाएको देखिन्छ । उनी टिकटक बनाउने निहुँमा नयाँ कपडा लगाएर निस्किन्छिन् । बन्द–हड्तालको पर्वाह नगरी १८ किलोमिटर टाढा नारायणी पुग्छिन् र, हाम्फाल्छिन् । पति र बहिनीका लागि म्यासेजको तयारीसमेत उनले पहिल्यै गरेको देखिन्छ ।

    डिप्रेशनमा आत्महत्याको यति लामो योजना हुन्छ ? डा रिजालका अनुसार, डिप्रेसनका बिरामीले धेरै अगाडिदेखि नै आत्महत्याबारे सोच्ने, योजना बनाउने र आवश्यक तयारी गर्ने गर्छन् । ‘हाउभाउ, व्यवहार हेरेर तपाईं अनुमान गर्न सक्नुहुन्न । सँगै बस्नेले उसको बानीव्यहोरा र संवादबाट सोचाइ र भावना बुझनुपर्छ’, उनले भने । डा रिजालको अनुमानमा ऋचालाई स्माईलिङ डिप्रेसन भएको हुनसक्छ । त्यस्ता बिरामी हेर्दा खुसी देखिने तर मन द्वन्द्वात्मक अवस्थामा रहने समस्याबाट ग्रस्त रहने उनी बताउँछन् ।

    नेपालमा गर्भावस्था तथा सुत्केरीमा प्रजनन स्वास्थ्यभन्दा पनि डिप्रेशन र आत्महत्याको अवस्था कहालीलाग्दो रहेको डा रिजाल बताउँछन् । केही वर्षअघिको एक अध्ययनले १५ देखि ४९ वर्षका महिला मृत्युमा प्रजनन् स्वास्थ्यका कारण १२ प्रतिशतको ज्यान गएकोमा आत्महत्याबाट मृत्यु हुनेको संख्या १६ प्रतिशत देखाएको थियो ।

    सुत्केरीलाई किन हुन्छ डिप्रेशन ? 

    स्त्रीरोग विशेषज्ञ डा किर्तीपाल सुवेदी नेपाली महिलामा गर्भावस्था वा सुत्केरीपछि डिप्रेसनको उच्च जोखिम देखिएको बताउँछन् । ‘जसलाई पहिले अलिकति डिप्रेशन थियो, त्यस्ता महिलामा गर्भावस्था वा सुत्केरी अवस्थामा त्यो बढेर देखिन्छ’, उनी भन्छन् ।

    पोष्टपार्टम डिप्रेशन किन हुन्छ ? डा सुवेदीका अनुसार, गर्भावस्था महिलाका लागि एकदमै गाह्रो अवस्था हो । महिलाले गर्भमा ३ देखि ४ किलोको तौलको बच्चा नौ महिनासम्म बोकेर हिँडेको हुन्छ । बाहिरबाट हेर्दा त्यो सामान्य लाग्नसक्छ, तर महिलालाई त्यसले पीडा भइरहेको हुन्छ ।

    त्यसमै प्रसव पीडा थपिन्छ । बच्चा जन्मिएपछि स्याहारसुसारसमेत आमाले नै गर्नुपरेपछि सुत्केरीले आराम नपाउँदा अनिदो हुने गरेको डा सुवेदी बताउँछन् । ‘बच्चालाई आमाले आफैँसँग सुताउनुपर्छ । दुईदुई घण्टामा उठेर दुःख खुवाउनुपर्छ । बच्चाको दिसापिसाब सुत्केरीले नै सफा गर्नुपर्छ’, उनी भन्छन्, ‘यो सबै गर्दा आमालाई निद्रा पुग्दैन, आराम पुग्दैन । महिनौ लामो पीडाबाट गुज्रिनुपर्दा पहिले नदेखिएको डिप्रेशन पनि देखा पर्छ ।’

    पोष्टपार्टम डिप्रेशनका कारण मानसिक रोग नभएका महिलालाई पनि पहिलो ६ हप्ता त्यो समस्या देखिनसक्ने डा सुवेदी बताउँछन् । उपचारका लागि अस्पताल भर्ना भएर सुत्केरीसमेत छतबाट हाम्फालेको आफूले देखेको उनले बताए । गर्भवती र सुत्केरीको स्याहारमा विशेषतः श्रीमान र घरपरिवार सघाउनुपर्ने उनी बताउँछन् । ‘आमालाई आराम दिनुपर्छ । निद्रा पुग्न दिनुपर्छ । पोष्टपार्टम डिप्रेशन आरामसँग जोडिन्छ’, डा सुवेदीले भने । शिलापत्रबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

  • सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन

  • नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

  • २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल

  • समाचार
  • १

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • २

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • ३

    नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
    २०८२ कार्तिक १६, आईतबार

  • ४

    २०८२ कार्तिक १६ गते आइतबारको दैनिक राशिफल
    २०८२ कार्तिक १६, आईतबार

  • ५

    विश्वकप लिग-२ मा नेपालको लगातार तेस्रो हार, अमेरिका ४ विकेटले विजयी
    २०८२ कार्तिक १५, शनिबार

  • ६

    म्याग्दीमा हेलिकोप्टरबाट गर्भवतीको उद्धार
    २०८२ कार्तिक १५, शनिबार

  • ७

    बास्कोटाको ओलीप्रति कटाक्ष: फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात
    २०८२ कार्तिक १५, शनिबार

  • ८

    जोमसोम–कागबेनी सडक एकतर्फी खुल्यो
    २०८२ कार्तिक १५, शनिबार

  • ९

    देशका अधिकांश स्थानमा मध्यम बर्षा हुने
    २०८२ कार्तिक १५, शनिबार

  • १०

    आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
    २०८२ कार्तिक १५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution