• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २३, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
३

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन ३१, शनिबार
४

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

२०८३ आश्विन २४, शनिबार
५

क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा

२०८३ आश्विन ३०, शुक्रबार
६

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक १, आईतबार
७

हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरियो

२०८३ आश्विन २५, आईतबार
८

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन २९, बिहिबार
९

गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

२०८३ कार्तिक ८, आईतबार
१०

गण्डकी सहितका तीन प्रदेशमा आंशिक बदली हुने

२०८३ कार्तिक २, सोमबार
११

एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

२०८३ कार्तिक ७, शनिबार
१२

एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने

२०८३ कार्तिक ५, बिहिबार

इन्दिरा र लुम्बिनी चिनी मिलको गैरजिम्मेवारी, चाडपर्वका बेला रित्तो हात उखु किसान!

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार

  • १९ पटक पढिएको
  • पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी- तिहार र छठजस्ता ठूला चाडपर्वहरू घरआँगनमा नजिकिदै गर्दा  पश्चिम नवलपरासीका उखु किसानका आँखा भने हर्षले होइन, चिन्ता र आँसुले रसाइरहेका छन् । दिनरात खेतमा पसिना बगाएर उत्पादन गरेको उखु चिनी मिललाई बुझाएको वर्षौँ बितिसक्दा पनि भुक्तानी नपाएपछि यहाँका किसान परिवार यो वर्षको चाडबाडमा रित्तो हात बस्न बाध्य भएका छन्।

    चाडपर्वका बेला नयाँ लुगा, घरखर्च, बालबच्चाको पढाइ र औषधोपचार त परै जाओस्, साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने पिरलोले किसानलाई गाँजेको छ । सधैँझैँ यो वर्ष पनि पर्वको खुसी होइन, उखु किसानको घरमा आर्थिक सङ्कट र मानसिक तनावले डेरा जमाएको छ।

    पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष एवं उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवले चिनी उद्योगहरूले लामो समयदेखि किसानको बक्यौता रकम भुक्तानी नगरी गम्भीर आर्थिक सङ्कटमा पारेको बताउनुभएको छ । उहाँका अनुसार इन्दिरा सुगर मिल र सुनवलस्थित लुम्बिनी चिनी उद्योग दुवैले किसानलाई दिनुपर्ने भुक्तानी समयमा नदिएर किसानहरूलाई अलपत्र बनाएका छन् । उद्योगीहरूको गैरजिम्मेवार व्यवहारका कारण किसानहरू चाडपर्वको मुखमा थप पीडामा पर्नुपरेको प्रवक्ता यादवको गुनासो छ ।

    पश्चिम नवलपरासीको प्रतापपुरस्थित इन्दिरा सुगर मिलले विगत वर्षदेखि किसानको करिब सात करोड रुपियाँ भुक्तानी गरेको छैन  । मिल विगत दुई वर्षदेखि पूर्ण रूपमा बन्द छ भने सञ्चालक राकेश अग्रवाल किसानको रकम नदिई सम्पर्कविहीन छन् ।

    कानुनी कारबाहीका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार सञ्चालक अग्रवालविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमै ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ । मिल सञ्चालक हाल भारतमा बस्दै आएकाले सम्पर्कमा नआएको र प्रहरीले तोकिएको समयभित्रै अनुसन्धान पूरा गरी मुद्दाको फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको जानकारी पौडेलले दिनुभयो  ।

    उता  पश्चिम नवलपरासीको  सुनवलस्थित लुम्बिनी चिनी उद्योगको भने किसानलाई दिनुपर्ने बक्यौता रकम उल्लेख्य रूपमा घट्दै गएको देखिन्छ । उद्योगले आर्थिक वर्ष २०७९/८० को करिब ७५ लाख र गत वर्षको करिब १० देखि १२ लाख रुपियाँ गरी कुल ८५ देखि ८७ लाख रुपियाँ मात्र किसानलाई तिर्न बाँकी रहेको जनाएको छ । उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार उक्त बाँकी बक्यौता रकम यस वर्षको मिल सञ्चालन हुनुभन्दा अगावै भुक्तानी गरिसक्ने गरी मिलले तयारी गरिरहेको छ।

     माटोमा पसिना बगाएर उब्जाएको ‘नगदे बाली’ अहिले   पश्चिम नवलपरासीका किसानका लागि ‘उधारो र दुःखद् बाली’ बनेको छ। जिल्ला प्रशासनको ढोकादेखि काठमाडौँको माइतीघर मण्डलसम्म चिसो भुइँमा बसेर आन्दोलन गर्दा पनि राज्यले ठोस कदम नचालेको किसानहरूको गुनासो  छ  ।   फरार तथा गैरजिम्मेवार चिनी मिल सञ्चालकको सम्पत्ति लिलाम गरेर भए पनि चाडबाडको यो समयमा पसिनाको मूल्य दिलाउन किसानहरूले सरकारसँग जोडदार माग गरेका छन् ।

    नवलपरासी (बर्द्धघाट सुस्ता पश्चिम) मा साना-ठूला गरी मुख्यतया चार वटा चिनी उद्योग रहेका छन्। तीमध्ये मोहिनी सुगर मिल र इन्दिरा सुगर मिल लामो समयदेखि पूर्ण रूपमा बन्द अवस्थामा छन् । हाल वाग्मती चिनी उद्योग र लुम्बिनी चिनी उद्योग मात्र आंशिक तथा मौसमी रूपमा सञ्चालनमा आउने गरेका छन् ।

    कुनै समय वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने पश्चिम नवलपरासीमा भुक्तानीको झन्झट, उद्योगीको ठगी र लागत नउठ्ने समस्याका कारण किसानहरू केरा, तरकारी तथा अन्य वैकल्पिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। फलस्वरूप, हाल जिल्लामा वार्षिक करिब १५ देखि १८ लाख क्विन्टल मात्र उखु उत्पादन हुने गरेको छ। उत्पादनमा भारी गिरावट आएपछि सञ्चालनमा रहेका उद्योगहरूलाई समेत आवश्यक उखुको अभाव हुन थालेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा

  • तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

  • यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

  • यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

  • समाचार
  • १

    इन्दिरा र लुम्बिनी चिनी मिलको गैरजिम्मेवारी, चाडपर्वका बेला रित्तो हात उखु किसान!
    २०८३ कार्तिक २३, सोमबार

  • २

    नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा
    २०८३ कार्तिक २१, शनिबार

  • ३

    तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी
    २०८३ कार्तिक २१, शनिबार

  • ४

    यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
    २०८३ कार्तिक २०, शुक्रबार

  • ५

    यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
    २०८३ कार्तिक २०, शुक्रबार

  • ६

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक २०, शुक्रबार

  • ७

    प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ
    २०८३ कार्तिक १९, बिहिबार

  • ८

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ कार्तिक १९, बिहिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक १९, बिहिबार

  • १०

    बझाङमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना गम्भीर घाइते
    २०८३ कार्तिक १८, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution