• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २१, मंगलबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
८

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार

भदौ २५ गतेदेखि मुस्ताङको स्याउ टिप्न र बिक्री वितरण गर्न खुला

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार

Ripe apples are seen hanging on a tree, in Marpha of Mustang, on Thursday, August 11, 2016. Photo: RSS

  • ३०८ पटक पढिएको
  • स्याउको राजधानीका रूपमा परिचित मुस्ताङको स्याउ यस पटक भने असोजको पहिलो सातामै बजार झर्ने भएको छ । सरोकारवाला निकाय र स्थानीय कृषकबीच समझदारी गरी यसै महिनाको २५ गतेदेखि स्याउ टिप्न र बिक्री वितरण गर्न खुला गरिएको हो ।

    स्याउ यतिबेला बोटमा राताम्मे भएका छन् । सडक सञ्जालले छोएको र बेनी–जोमसोम सडक हुँदै मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङदेखि उकालो लागेपछि बाटो आसपासमा राताम्मे स्याउ अवलोकन गर्न पाइन्छ । मुस्ताङ घुम्न आएका पर्यटकले गाडी रोकेर सेल्फी खिच्ने, भिडियो बनाउनेसँगै कोसेलीका रूपमा किनेर लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् । स्याउ पाकेसँगै टिप्ने र बजारसम्म पुर्‍याउन अबका केही दिन कृषकलाई भ्याइनभ्याइ हुन्छ । गत वर्षभन्दा यस वर्ष पाँच दिन अगाडिबाटै स्याउ टिप्न अनुमति पाएपछि यहाँका कृषक पनि उत्साहित बनेका छन् ।

    अघिल्लो वर्ष असोजको १ गतेदेखि स्याउ टिप्न र बिक्री गर्न अनुमति दिइएको थियो । राम्रोसँग पाकेको स्याउका लागि असोज नै लाग्नुपर्ने तर्क पनि रहँदै आएको छ । स्याउ समयमै बजारसम्म नपुग्दा विगतमा घाटा बेहोर्नुपरेको अवस्थामा अहिले भने कृषक तथा व्यापारी दुवैलाई फाइदा पुग्ने अनुमान गरिएको छ । यस वर्ष स्याउको गुणस्तर र बजार व्यवस्थापन लोभलाग्दो रहने शीतोष्ण बागवाणी विकास केन्द्रका निमित्त केन्द्र प्रमुख विनयबाबु कोइरालाले बताए । उनका अनुसार मुस्ताङको स्याउले बजार पाउन थालेदेखि यहाँको कृषकको दैनिकीमा सकारात्मक प्रभाव परेको छ । “हामी मुस्ताङको स्याउ गुणस्तरीय होस् भन्ने चाहन्छौँ”, उनले भने, “यस वर्ष सरोकारवाला निकायभन्दा पाँच दिन ढिला गरेर केन्द्रको स्याउ टेन्डर आह्वान गरेका छौँ ।”

    विगतका केही वर्षमा तोकिएको समयभन्दा अगाडि नै स्याउलाई बजारसम्म पु¥याउने परम्पराले मुस्ताङको स्याउप्रति नै नकारात्मक प्रभाव परिरहेको थियो । स्याउमा गुणस्तर नपाउनु र बजारमा मुस्ताङको स्याउ भनेपछि फरक तरिकाले हेर्ने अवस्थाभन्दा अहिले धेरै भिन्नता हुने कोइरालाको जिकिर छ । हाल केन्द्रमा उत्पादन हुने स्याउ धेरै पुरानो भए पनि नयाँ प्रविधिका स्याउ विस्तारै विकास भइरहेको कोइरालाले बताए । अब भने बर्सेनि मुस्ताङको स्याउ उचित समयमा बजारसम्म पुग्ने र गुणस्तरमा पनि कुनै कमी नआउने उनले विश्वास व्यक्त गरे ।

    यसैगरी दसैँ नजिकिँदै गर्दा आन्तरिक तथा बाह्य पर्यटकको चाप दिनहुँ बढ्ने र मुस्ताङमा पर्यटकीय केन्द्र निर्माणमा सरोकारावाला निकाय जानकार हुनुपर्ने टड्कारो अवस्था देखिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका सफल युवा कृषक निरज तुलाचनले दसैँ तिहार जस्तो प्रमुख याममा स्याउको बिक्री वितरणमा व्यापारीहरूले कुनै पनि कसर बाँकी नराखी सकारात्मक भूमिका निभाएमा यहाँको स्याउलाई देशैभरि प्रचारप्रसार गर्न सकिने बताए ।

    स्याउ खेती लगाउन र यसको व्यवस्थापन गर्न अगाडि आउन चाहने कृषकलाई निःशुल्क परामर्शसहित सोही स्थानलाई व्यवस्थित पर्यटकीय हब निर्माणमा सहयोग गर्ने अर्का व्यवसायी निरज तुलाचनको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मुस्ताङको बगैँचामा एकछिन रमाउने वातावारण तयार गर्नु आवश्यक रहेको उनले बताए । मुस्ताङभित्रका सुन्दर स्याउ बगैँचालाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलाचनको भनाइ छ ।

  • मुस्ताङ्ग
  • स्याउ
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

  • यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

  • १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया

  • प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक

  • समाचार
  • १

    आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा
    २०८२ आश्विन २१, मंगलबार

  • २

    यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना
    २०८२ आश्विन २१, मंगलबार

  • ३

    १६ बर्षदेखि तरकारी खेती गरेका वुद्धीवीरको वार्षिक आम्दानी ७ लाख रुपैँया
    २०८२ आश्विन २०, सोमबार

  • ४

    प्रधानमन्त्री कार्कीकाे नयाँ सामाजिक सञ्जाल एकाउन्ट सार्वजनिक
    २०८२ आश्विन २०, सोमबार

  • ५

    यी चार प्रदेशका बिभिन्न ठाउँमा आंशिक बदली हुने
    २०८२ आश्विन २०, सोमबार

  • ६

    कोशी र मधेश प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १९, आईतबार

  • ७

    चट्याङ लागेर रौतहटमा दुईजना किशोरको मृत्यु
    २०८२ आश्विन १९, आईतबार

  • ८

    कारागारबाट भागेका कैदीबन्दीलाई घरमा आश्रय दिनेलाई समेत कारबाही हुने
    २०८२ आश्विन १७, शुक्रबार

  • ९

    बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते
    २०८२ आश्विन १७, शुक्रबार

  • १०

    असोज २१ गतेसम्म बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा रोक
    २०८२ आश्विन १७, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution