२०८३ आश्विन २५, आईतबार



तेस्रो दिन तृतीयामा देवी चन्द्रघण्टाको पूजा गरिन्छ । हातमा घण्टा आकारको चन्द्रमा धारण गरेकी यी देवीको पूजा गर्दा मानसिक शान्ति र साहस प्राप्त हुने विश्वास गरिन्छ ।
चौथो दिन चतुर्थीमा देवी कुष्माण्डाको पूजाआराधना गरिन्छ । ब्रह्माण्ड उत्पन्न गर्ने शक्तिकी देवीका रूपमा उहाँलाई पुजिन्छ । यस दिन घटस्थापनामा राखिएको जमरामा विशेष पूजा गरी जल चढाउने गरिन्छ । पाँचौँ दिन पञ्चमीमा शिवपुत्र कुमार (स्कन्द) की माता देवी स्कन्दमाताको पूजा गरिन्छ । माता र पुत्रको स्नेहको प्रतीकका रूपमा यो दिनलाई लिइन्छ ।
छैटौँ दिन षष्ठीमा महर्षि कात्यायनकी छोरीका रूपमा जन्मिएकी देवी कात्यायनीको पूजा गरिन्छ । यस दिनदेखि दसैँको रौनक अझ बढ्छ र विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्न थाल्छ ।
सातौँ दिन सप्तमीमा नवदुर्गाको उग्र स्वरूप देवी कालरात्रिको पूजा गरिन्छ । गोरखा दरबारबाट ल्याइएको पवित्र फूलपातीलाई काठमाडौँको हनुमानढोका दसैँघरमा शास्त्रीय विधि अनुसार भित्र्याइन्छ । यस दिनदेखि सरकारी कार्यालयहरूमा दसैँको सार्वजनिक बिदा सुरु हुन्छ । आठौँ दिन अष्टमीलाई महाअष्टमी भन्दै दुर्गादेवी महागौरीको विशेष पूजाआराधना गरिन्छ । यस रातलाई ‘कालरात्रि’ को रूपमा रातभर पूजा गर्ने चलन पनि छ । दसैँघर र शक्तिपीठहरूमा देवीलाई बोका, राँगा, कुखुरा वा हाँसको बलि चढाइन्छ । बलि नदिनेहरूले कुभिन्डो, घिरौँलाको बलि दिने गर्छन् । यसै दिन सवारीसाधन र हातहतियारको पनि पूजा गरिन्छ ।
नवौँ दिन नवमीलाई महानवमी भनी नवदुर्गाको अन्तिम स्वरूप देवी सिद्धिदात्रीको पूजा गरिन्छ । यस दिन उद्योग, कलकारखाना, मेसिन र औजारहरूको विशेष पूजा हुन्छ । काठमाडौँको प्रसिद्ध तलेजु भवानीको मन्दिर वर्षमा यो एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
दसौँ दिन दशमीलाई विजयादशमी भन्दै धुमधामसँग बडादसैँ मनाइन्छ । यस दिन देवी दुर्गाले महिषासुर र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे