चितवनको नारायणगढमा आज आयोजित पत्रकार सम्मेलनमा सभारीका सिइओ शेर बहादुर शाहले चितवन लगायत आसपासका स्थानीयहरूका लागि लक्षित गर्दै सेवा सुरु गरिएको जानकारी दिए।।
यस अघि रुपन्देही, काठमान्डौ र पोखरामा राइड सेयरिङ “सभारी”ले आफ्नो सेवा सुरू गरिसकेको छ। आफ्नो सेवा चितवनमा पनि विस्तार गरेको हो ।
सभारीको सेवा लिनका लागि ग्राहकहरुले आफ्नो मोबाइलको प्लेस्टोर तथा एपस्टोर बाट Savari Taxi Auto & Bike लेखिएको एप्लीकेशन डाउनलोड गरेर सेवा लिन सक्ने शाहले बताए।
सभारीको एप्लीकेशनमा गई चढ्ने ठाउँ र आफुजाने गन्तव्य छनोट गरिसकेपछि नजिकै रहेका सभारी दर्ता रहेका सवारीसाधन बढिमा ५ मिनेट भित्रै सो स्थानमा आईपुग्नेछन्।
एप मार्फत सम्बन्धित ठाउँमा पुग्नका लागि लाग्ने शुल्क देखिने हुँदा यात्रुहरुले सवारीसाधनसँग बार्गेनिङ गर्नुनपर्ने कम्पनीले बताएको छ ।अटोचालकहरु समेत सभारीसँग जोडिन सक्नेछन् ।
मोटरसाईकल, अटो र ट्याक्सी गरि तीन प्रकारका सवारी मार्फत सभारीले चितवनमा सेवा सुरुवात गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे