• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र ५, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
६

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
९

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार
१२

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार

‘चाडपर्वमा खानपानमा ध्यान दिन आवश्यक’

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन १४, शुक्रबार

  • ३९८ पटक पढिएको
  • दसैँ नजिकिएसंगै अधिकांशले यसका लागि आवश्यक लुगाकपडा, खाद्यान्न, माछामासु र दक्षिणा दिने रकमको जोहो गरिसकेका छन् भने कोही जोहो गर्दैछन् ।

    टीकापुरकी मनीषा रम्फेलीको घरमा दसैँको सबै तयारी भएको छ । उहाँको परिवारले दसैँमा माछामासु धित मरुञ्जेल खान्छन् । मनीषाको घरमा दसैँका समयमा टन्नै मासु पाक्छ । आफूहरु पनि खाने र अरुलाई पनि खुवाउने गरिएको उहाँ बताउनुहुन्छ । “दसैँमा सकेसम्म घरमै खसीबोका काट्छौँ, नकाटे पनि पाँच÷सात किलो मासु किन्छौँ”, रम्फेलीले भन्नुहुन्छ, “चाडपर्वमा त सबैले पेटभरि खान्छौँ, दसैँ भनेको माछामासुले पेट भर्ने पर्वजस्तो लाग्छ । दसैँमा अष्टमीदेखि पूर्णिमासम्म माछा मासु खाइन्छ ।”

    टीकापुरकी रेखा परियारका घरमा पनि खसी बोका काट्छन् । उहाँ पनि दसैँमा अन्य बेलाभन्दा बढी माछा मासु र अन्य परिकार खानुहुन्छ । “दसैँमा टन्न खाने हो, हामी त बरु बिरामी भए औषधि खान्छौँ तर माछा मासु, सेलरोटी नखाने भन्ने हुँदैन”, उहाँ भन्नुहुन्छ, “घरमा पनि खान्छौँ, माइत गएर पनि खान्छौँ ।”

    चाडपर्वलाई महत्वका साथ मनाउने गर्दछन् । चाडपर्व भनेपछि मानिसको खुसीसँग जोडिन्छ । पर्वले मेलमिलाप, खुसी र एकताको सन्देश दिन्छ । दसैँको तयारी सुरु भएपछि हरेक मानिसका घरमा आवश्यक खाद्यान्न, तरकारी तथा माछा मासुको जोहो सुरु भएको छ ।

    त्यस्तै, बिन्तिराम चौधरीको घरमा पनि चाडपर्वमा मासु बढी पाक्छ । घरमै खसी काटेर आफू र आफ्ना आफन्तलाई खुवाइन्छ । बिन्तिरामको घरमै माछामासु पाके पनि उहाँको परिवार स्वास्थ्यबारे सचेत रहेको उहाँ बताउनुहुन्छ । “माछा मासु तथा चिल्ला खानेकुरा बढी पाक्छन्, अन्य समयभन्दा बढी खाइन्छ”, उहाँ भन्नुहुन्छ, “माछा मासु तथा चिल्ला खानेकुरा खान्छौँ साथमा त्यसलाई पचाउने खालका खानेकुरा पनि खाने गरेका छौँ । सलाद, फलफूल र सागपात पनि अनिवार्य खाइन्छ यो समयमा ।”

    लम्की चुहा–१ का रुपेश न्यौपानेको घरमा पनि विगतका वर्षमा माछा मासु बढी पाक्थ्यो । गतवर्ष खसीको मासु धेरै खाएकै कारण रुपेशका बुबा बिरामी भएपछि यस वर्ष उहाँहरु माछामासुको बढी प्रयोग नगर्ने तयारीमा हुनुहुन्छ । “गतवर्ष मासु अपच भएर बुबा दसैँकै समयमा बिरामी हुनुभयो । तीन दिन अस्पताल बस्नुप¥यो”, उहाँ भन्नुहुन्छ, “माछामासु र चिल्ला खानेकुरा धेरै खान नहुने रहेछ । यस वर्ष हामी पर्व मनाउनका लागि मात्रै थोरै मासु किनेर खाने तयारीमा छौँ ।”

    हरेक चाडपर्वको आफ्नै महत्व हुन्छ । दसैँमा लुगा किन्ने, मीठा परिकार खाने, नयाँं ठाउँं घुम्ने, आफन्तकहाँ टीका थाप्न जाने, दक्षिणा दिनेजस्ता हरेक कार्य हुन्छन् । चाडपर्वमा गरिने क्रियाकलाप मानिसको शारीरिक, मानसिक र आर्थिक क्षेत्रसँग जोडिन्छन् । चाडपर्वमा कोही मानिस धित मारुञ्जेल खान्छन् भने कोही मानिस संयम अपनाएर खानपान गर्छन् ।

    शिक्षक टेकबहादुर सार्की भने चाडपर्वको फरक फरक महत्व भए पनि शारीरिक र आर्थिक व्यवस्थापनमा सचेत भएको बताउनुहुन्छ । उहाँ चिल्लो र मसलादार खानेकुरा बढी खाँदा त्यसलाई पचाउने खालका खानेकुरा खानुहुन्छ । “मेरो घरमा माछामासु खाँदा स्वास्थ्यलाई ध्यानमा राखेर खाने गर्छौँ, चाडपर्वमा हाम्रो घरमा फलफूल, सागपातमा बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो, “पर्वहरुमा हामी मासुका धेरै परिकार प्रयोग हुन्छन्, माछा, मासु, अन्डा र दुग्ध पदार्थलाई पोषिलो आहारका रुपमा प्रयोग गरिन्छ तर हामी त्यसलाई पचाउने खानेकुरा समेत खान्छौँ ।”

    शरीरलाई चाहिने प्रोटिनको स्रोतका रुपमा मासुलाई लिइन्छ । मासुमा प्रोटिन त पाइन्छ तर पाचन प्रक्रियालाई चाहिने रेशेदार छोक्राबोक्रा नहुने र बोसो बढी हुने भएकाले पच्न गाह्रो हुन्छ । मासु पच्न धेरै समय लाग्छ र मासु खाँदा शरीरमा भारीपन आई आलस्य बनाउने भएकाले मानिसको स्वास्थ्यमा विभिन्न असर गर्नसक्ने भएकाले चाडपर्वमा मासु धेरै खान नहुने टीकापुर अस्पतालका डा. संवाद खरेल बताउनुहुन्छ । “माछामासु धेरै खाँदा क्षणिकदेखि लामो समयसम्म असर हुन्छ, क्षणिक असरमा अपच हुनसक्छ, युरिक एसिडको समस्या भएकालाई असर गर्छ”, डा. खरेल भन्नुहुन्छ, “कोलेस्टाेरल बढेर जाने भएकाले पाचन र कलेजोसम्बन्धी समस्या हुनसक्ने भएकाले सचेत हुनुपर्छ । कुनै पनि खानेकुरा आवश्यकताभन्दा बढी खान हुँदैन ।”

    डाक्टर खरेल मासु खाइहालेमा प्रशस्त हरियो सागसब्जी, गाजर, फलफूलसँग मिलाएर खाँदा जति हानि गर्ने हो त्यसबाट बच्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ  । “खसीको मासु र भात धेरै खान हुँदैन, हामीकहाँ धेरै खाने चलन छ”, उहाँ भन्नुहुन्छ, “झोलिलो कुरा, सागपात, रेसादार तरकारी तथा फलफूल बढी खानुपर्छ ।” रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?

  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन

  • सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन

  • समाचार
  • १

    रास्वपाको प्रवक्तामा जगदीश खरेल, विभाग प्रमुखमा को को भए चयन?
    २०८३ भाद्र ५, शुक्रबार

  • २

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ५, शुक्रबार

  • ३

    पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण व्यवस्थित बनाउन निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ४

    सबै सरकारी निकायमा स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन
    २०८३ भाद्र ४, बिहिबार

  • ५

    नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार
    २०८३ भाद्र ४, बिहिबार

  • ६

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ४, बिहिबार

  • ७

    झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • ८

    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज
    २०८३ भाद्र ३, बुधबार

  • ९

    रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
    २०८३ भाद्र ३, बुधबार

  • १०

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र ३, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution