२०८२ जेष्ठ ३, शनिबार
न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ। पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा भइराखेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ।
वर्षा कायमै रहने भन्दै महाशाखाले असोज २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो लगायतका कुनै जोखिम भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृहमन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे