२०८२ मंसिर ११, बिहिबार
आज पहिलो खेल बिहान ११: ४५ बजेदेखि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । लुम्बिनीले यस सिजनमा अहिलेसम्म खेलेका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले अहिलेसम्म तिनै खेल जितेर अपराजित रहेको छ ।
रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ।
त्यस्तै आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दिउसो ४ बजेदेखि खेल्दैछन् । जारी प्रतियोगितामा जनकपुर र पोखरा दुवैले २-२ खेलमा दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेका छन् ।
अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।
त्यसैगरी कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे