• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन २०, बिहिबार

  • ३२९ पटक पढिएको
  • कावासोती। नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो ।

    कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानी उपलब्ध नहुँदा टरुवा तालको पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

    सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा समेत प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ । यसकारण पनि ताललाई ऐतिहासिक तालको सङ्ज्ञा दिने गरिएको हो ।

    पछिल्लो समय ताललाई कावासोती तालका रुपमा समेत चिन्ने गरिन्छ । करिब तीन दशमलव ५२ हेक्टर जमिनमा फैलिएको तालको सरसफाइ नहुँदा झारले पुरिएको छ । टरुवा ताल झट्ट हेर्दा घाँसेमैदान जस्तै देखिने भएको छ । नियमित सरसफाइका कुनै कार्यक्रम नहुँदा तालको अस्तित्व सङ्कटमा परेको स्थानीय धनबहादुर महतोले गुनासो गरे ।

    केही वर्ष अघिसम्म तालको संरचना राम्रै रहेको भएपनि अहिले झारले ढाकेर तालनै सुक्ने खतरा उत्पन्न भएको उनले बताए । “पहिले राम्रो थियो, विस्तारै झारले ढाक्दै गयो, अहिले चौरजस्तो देखिन थालेको छ”, महतोले भने, “पहिले सबैलाई पानी खुवाएको ताल अहिले आफैँ सङ्कटमा छ ।”

    जिल्लाको सदरमुकाम कावासोतीमा रहेको र राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके जिल्लाकै महत्वपूर्णस्थलका रुपमा परिचित हुने नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानामगरले बताए ।

    ताल क्षेत्रकै स्थानीयवासी समेत रहनुभएका उनले यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उनको भनाइ थियोे ।

    “यति सुन्दर ताल छ, यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे दैनिक सयौँको सङ्ख्यामा ताल अवलोकनका लागि आउने छन्”, अध्यक्ष रानामगरले भने, “वरपर आर्थिक गतिविधि बढ्नेछ, स्थानीयवासीको आम्दानीको स्रोत बढ्छ, नगरलाई पनि आम्दानी हुन्छ”, ।

    टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यसलाई जोडेर एकीकृतरुपमा विकास गर्नसके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने उनले बताए ।

    प्राकृतिकरुपमा प्राप्त जिल्लाकै सुन्दर उपहार भए पनि यसलाई चिन्न सकिएको छैन । “यो साँच्चै प्रकृतिले दिएको सुन्दर उपहार हो, हामीले यसलाई चिन्न सकेनौं, विकासको नाममा विनाशमा लाग्यौैँ”, अध्यक्ष रानामगरले भने, “ताललाई पुरानो अवस्थामा फर्काउन आवश्यक छ ।”

    उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, यस क्षेत्रमा पार्क निर्माण गर्ने योजनासहित कावासोती नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोहीअनुसार करिब दुई वर्ष अघि संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको विकासका लागि नगरपालिकासँगको साझेदारीमा रु सात करोडको काम सुरु गरिएको थियो ।

    क्रमागत योजनाका रुपमा तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो तर पहिलो चरणमा तालको उत्तरतर्फ केही ग्याबिन बाध्ने र बाटो बनाउने काम भए पनि अन्य काम भने अघि बढ्न सकेन ।

    कोभिडको असरसँगै सो समयको कामसमेत अधुरै रहेको छ । त्यसयता ताल संरक्षण र यसको विकासमा कुनै पनि काम अघि बढ्न सकेको छैन । ताललाई झारले ढाक्दासमेत सरसफाइमा समेत कसैको नजर पर्न सकेको छैन ।

    टरुवा ताल कावासोती वडा नम्बर ७ सहित तल्लो भेगका जनताका लागि जलस्रोतका रुपमा रहेको छ । सो क्षेत्रमा निस्किएको मुहानबाट ताल हुँदै तल्लो क्षेत्रमा सिँचाइका लागिसमेत पानीको प्रयोग हुँदै आएको छ तर पनि न त मुहानको संरक्षण न त तालको संरक्षणमा कसैले पनि चासो देखाएका छन् । रासस

  • कावासोती नगरपालिका
  • टरूवा ताल
  • नवलपुर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कावासोती नगरपालिका सम्बन्धि थप
  • पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

  • नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

  • चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते

  • यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना

  • समाचार
  • १

    पहिरोले अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु
    २०८२ कार्तिक १४, शुक्रबार

  • २

    नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि
    २०८२ कार्तिक १४, शुक्रबार

  • ३

    चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते
    २०८२ कार्तिक १४, शुक्रबार

  • ४

    यी तीन प्रदेशमा बर्षा सहित भारी हिमपातको सम्भावना
    २०८२ कार्तिक १४, शुक्रबार

  • ५

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ८

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ९

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • १०

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution