• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
२

मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन

२०८३ श्रावण २८, बिहिबार
३

गजुरी-गल्छी सडकमा लेदो, पृथ्वी राजमार्ग र मुग्लिन-नारायणगढ सडक बन्द

२०८३ भाद्र ११, बिहिबार
४

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

२०८३ भाद्र १, सोमबार
५

नवलपुरका व्यवसायीलाई चितवनका अस्पतालमा सहुलियत उपचार

२०८३ भाद्र ४, बिहिबार
६

आज सूर्यग्रहण लाग्दै, कुन कुन क्षेत्रबाट देखिन्छ ?

२०८३ श्रावण २७, बुधबार
७

सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक

२०८३ श्रावण २८, बिहिबार
८

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ श्रावण २६, मंगलबार
९

बाढीपीडितका लागि भारतले १० टन राहत सामग्री र औषधि पठायो

२०८३ भाद्र ११, बिहिबार
१०

सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा ‘मोरे सैया’ गीत सार्वजनिक

२०८३ भाद्र ८, सोमबार
११

झुटा विवरण पेस गरी शिक्षक नियुक्ति लिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा

२०८३ भाद्र ३, बुधबार
१२

हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै

२०८३ श्रावण २८, बिहिबार

ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन २०, बिहिबार

  • ५७४ पटक पढिएको
  • कावासोती। नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो ।

    कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती २, ३, ८ मा तत्कालीन वस्ती विकासको समयमा खानेपानी उपलब्ध नहुँदा टरुवा तालको पानी उपयोगमा ल्याएर स्थानीयवासीले आवश्यकता परिपूर्ति गर्ने गर्दथे ।

    सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा समेत प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानी उपलब्ध भएकाले नै हालको कावासोती बजार विकसित भएको भन्ने धारणा रहिआएको छ । यसकारण पनि ताललाई ऐतिहासिक तालको सङ्ज्ञा दिने गरिएको हो ।

    पछिल्लो समय ताललाई कावासोती तालका रुपमा समेत चिन्ने गरिन्छ । करिब तीन दशमलव ५२ हेक्टर जमिनमा फैलिएको तालको सरसफाइ नहुँदा झारले पुरिएको छ । टरुवा ताल झट्ट हेर्दा घाँसेमैदान जस्तै देखिने भएको छ । नियमित सरसफाइका कुनै कार्यक्रम नहुँदा तालको अस्तित्व सङ्कटमा परेको स्थानीय धनबहादुर महतोले गुनासो गरे ।

    केही वर्ष अघिसम्म तालको संरचना राम्रै रहेको भएपनि अहिले झारले ढाकेर तालनै सुक्ने खतरा उत्पन्न भएको उनले बताए । “पहिले राम्रो थियो, विस्तारै झारले ढाक्दै गयो, अहिले चौरजस्तो देखिन थालेको छ”, महतोले भने, “पहिले सबैलाई पानी खुवाएको ताल अहिले आफैँ सङ्कटमा छ ।”

    जिल्लाको सदरमुकाम कावासोतीमा रहेको र राजमार्गदेखि करिब एक किलोमिटरको दूरीमा रहेको उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके जिल्लाकै महत्वपूर्णस्थलका रुपमा परिचित हुने नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष रानामगरले बताए ।

    ताल क्षेत्रकै स्थानीयवासी समेत रहनुभएका उनले यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे वरपरका बासिन्दाको आर्थिक अवस्था सुधारदेखि स्थानीय सरकारलाई आम्दानीको स्रोत समेत बन्ने उनको भनाइ थियोे ।

    “यति सुन्दर ताल छ, यसलाई संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरे दैनिक सयौँको सङ्ख्यामा ताल अवलोकनका लागि आउने छन्”, अध्यक्ष रानामगरले भने, “वरपर आर्थिक गतिविधि बढ्नेछ, स्थानीयवासीको आम्दानीको स्रोत बढ्छ, नगरलाई पनि आम्दानी हुन्छ”, ।

    टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैंमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । यसलाई जोडेर एकीकृतरुपमा विकास गर्नसके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने उनले बताए ।

    प्राकृतिकरुपमा प्राप्त जिल्लाकै सुन्दर उपहार भए पनि यसलाई चिन्न सकिएको छैन । “यो साँच्चै प्रकृतिले दिएको सुन्दर उपहार हो, हामीले यसलाई चिन्न सकेनौं, विकासको नाममा विनाशमा लाग्यौैँ”, अध्यक्ष रानामगरले भने, “ताललाई पुरानो अवस्थामा फर्काउन आवश्यक छ ।”

    उक्त ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, यस क्षेत्रमा पार्क निर्माण गर्ने योजनासहित कावासोती नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सोहीअनुसार करिब दुई वर्ष अघि संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको विकासका लागि नगरपालिकासँगको साझेदारीमा रु सात करोडको काम सुरु गरिएको थियो ।

    क्रमागत योजनाका रुपमा तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढाइएको थियो तर पहिलो चरणमा तालको उत्तरतर्फ केही ग्याबिन बाध्ने र बाटो बनाउने काम भए पनि अन्य काम भने अघि बढ्न सकेन ।

    कोभिडको असरसँगै सो समयको कामसमेत अधुरै रहेको छ । त्यसयता ताल संरक्षण र यसको विकासमा कुनै पनि काम अघि बढ्न सकेको छैन । ताललाई झारले ढाक्दासमेत सरसफाइमा समेत कसैको नजर पर्न सकेको छैन ।

    टरुवा ताल कावासोती वडा नम्बर ७ सहित तल्लो भेगका जनताका लागि जलस्रोतका रुपमा रहेको छ । सो क्षेत्रमा निस्किएको मुहानबाट ताल हुँदै तल्लो क्षेत्रमा सिँचाइका लागिसमेत पानीको प्रयोग हुँदै आएको छ तर पनि न त मुहानको संरक्षण न त तालको संरक्षणमा कसैले पनि चासो देखाएका छन् । रासस

  • कावासोती नगरपालिका
  • टरूवा ताल
  • नवलपुर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    कावासोती नगरपालिका सम्बन्धि थप
  • देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

  • पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु- रवि लामिछाने

  • रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

  • आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • समाचार
  • १

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २५, बिहिबार

  • २

    पिडामा रहेका नागरिकको आक्रोश स्वाभाविक, नकारात्मक टिप्पणी कसैले नगर्नु- रवि लामिछाने
    २०८३ भाद्र २४, बुधबार

  • ३

    रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता
    २०८३ भाद्र २४, बुधबार

  • ४

    आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ भाद्र २४, बुधबार

  • ५

    देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने
    २०८३ भाद्र २४, बुधबार

  • ६

    सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक
    २०८३ भाद्र २३, मंगलबार

  • ७

    देशका अधिकांश स्थानमा मेघगर्जन सहित बर्षा हुने
    २०८३ भाद्र २३, मंगलबार

  • ८

    प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने
    २०८३ भाद्र १९, शुक्रबार

  • ९

    बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा
    २०८३ भाद्र १९, शुक्रबार

  • १०

    सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्
    २०८३ भाद्र १८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution