२०८२ बैशाख २०, शनिबार
भूमिकास्थान नगरपालिका १ खलाधाराको भीरबाट ७४ वर्षीय हिम बहादुर गमालले धकेलिदिंदा सोही ठाउँका ७० वर्षीय वीर बहादुर गमालको मृत्यु भएको हो । हिमबहादुर र वीरबहादुर सहोदर दाजुभाइ हुन् ।
हिम बहादुर गमालले कात्तिक २ गते बेलुकी अन्दाजी ७ बजे बाटोमा हिंड्दै गर्दा लेनदेको विवादपछि भीरबाट धकेलेका थिए । उनीहरु वडा नं ४ धापानीस्थित एक बैंकबाट बृद्ध भत्ता बुझेर फर्किरहेका थिए ।
अनुसन्धानका क्रममा दाजुभाइबीच लेनदेनको विषयमा विवाद भएको र दाजुले धकेलिदिंदा भीरबाट खसेर भाइको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले जानकारी दिए । भीरबाट लडेर मृत्यु भएका गमालको शव बिहीबार फेला परेको थियो ।
घटनामा दाजु हिम बहादुर दोषी पाइएपछि उनलाई पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक घिमिरेले बताए । अनलाइन खबरबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे