• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १५, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
३

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
७

फेसबुक लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

२०८२ भाद्र १९, बिहिबार
८

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
९

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
१०

आज खग्रास चन्द्रग्रहण लाग्ने , यी चार राशीलाई शुभ

२०८२ भाद्र २२, आईतबार
११

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१२

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

२०८२ भाद्र १७, मंगलबार

रुपन्देहीका पाँच स्टिल उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक ६, आईतबार

  • ३११ पटक पढिएको
  • रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै गएपछि उद्योग बन्द गर्नु परेको उद्योगीहरूको भनाइ छ । पाँच उद्योग बन्द हुँदा यसमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित करिब दुई हजार मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् ।

    सरकारले स्पन्ज आयात तथा बिलेट निर्यातमा विभेदकारी नीति ल्याएको बताउँदै उद्योगीरूरु लामो समयदेखि असन्तुष्ट रहेका थिए । उत्पादन लागत बढेको र बजारमा तुलनात्मक प्रतिस्पर्धा गर्न नसकेपछि रुपन्देहीका पाँच स्टिल उद्योग बन्द भएका हुन् । भारत तथा तेस्रो मुलुकबाट कच्चा ब्लेड आयात गरी स्टिल (छड) बनाउँदै आएका रुपन्देहीको पञ्चकन्या स्टिल, एभरेष्ट रोलिङ इन्डस्ट्रिज, एसआर स्टिल, फेरो स्टिल र गोयन्का स्टिल पूर्णरूपमा बन्द भएका छन् । एसआर स्टिल गत साउनदेखि बन्द भएको हो भने एभरेष्ट रोलिङ इन्डस्ट्रिज यही असोज पहिलो सातादेखि बन्द भएको हो । पञ्कन्याले पनि आफ्नो उत्पादन एक महिना अगाडिदेखि बन्द गरेको छ ।

    एसआर गु्रपले सञ्चालन गर्दै आएको एसआर स्टिल इन्डस्ट्रिज साउनदेखि बन्द भएको छ । दैनिक दुई सय टन टिएमटी स्टिल उत्पादन गर्दै आएको यो उद्योग २०६८ सालमा स्थापना भएको हो । एसआर स्टिलका प्रबन्ध निर्देशक इन्जिनियर सुरज उप्रेतीले रहरले नभई बाध्यताले उद्योग बन्द गर्नुपरेको बताए ।

    एकै प्रकृतिका कच्चा वस्तु आयात गर्दा फरक दर साथै कच्चा फलाम (एमएस ब्लेड)को भन्सार विन्दुमै अन्तःशुल्क लगाउन थालेपछि उद्योग सञ्चालन गर्नै नसक्ने अवस्था आउँदा साउन महिनादेखि नै बन्द गरेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए । “सरकारको नीतिपछि स्पञ्ज तथा फलामका कबाड (पत्रु) गलाएर ब्लेड बनाउने उद्योगहरूलाई फाइदा पुगेको छ भने प्रत्यक्षरूपमा हामी ब्लेड आयात गरी उद्योग चलाउनेहरु नोक्सानीमा पर्‍यौँ, जसकारण उद्योग बन्द गर्नुको विकल्प रहेन”, उप्रेतीले भने, “त्यस्तै आर्थिक मन्दी, ऋणमा कडाइ, पूर्वाधार विकासका काममा कमी, माग नभएको लगायतले पनि उद्योगहरू चल्न सकेनन् ।”

    सरकारले बजेटमा स्पञ्ज आइरन आयात गर्दा शून्य प्रतिशत तथा ब्लेडमा पाँच प्रतिशत भन्सार शुल्क लिने नीति ल्याएको थियो भने एमएस ब्लेड आयातमा भन्सार विन्दुमै प्रतिकेजी तीन रुपैयाँ ५० पैसा अन्तःशुल्क कायम गरेको थियो । स्पञ्ज आइरनमा भने अन्तःशुल्क पूर्ण मिनाहा भएको उद्योगीहरू बताउँछन् ।

    सरकारको यही विभेदकारी नीतिका कारण उद्योग बन्द हुने अवस्था आएको रुपन्देहीको एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक अरुण गोयन्काले बताए । “एकै प्रकृतिका सामानमा सरकारले फरक फरक दर कायम ग¥यो, स्पञ्ज आइरनमा आधारित उद्योगहरूसँग प्रतिस्पर्धा गर्न सकिएन”, गोयन्काले भने, “त्यसैले घाटामा उद्योग सञ्चालन गर्नुको साटो बन्द गर्ने निर्णय लिनु प¥यो ।”

    गोन्यकाले स्पञ्ज ल्याएर ब्लेड बनाउने उद्योगले भारतबाट आयात हुने ब्लेडभन्दा सस्तोमा दिन्छौँ भनेर दाबी गरेको तर दाबीअनुसारको सामान नदिएको बताए । एभरेष्ट रोलिङ उद्योगले दैनिक एक सय ५० टन टिएमटी स्टिल उत्पादन गर्दै आएको थियो भने सेक्सन आइटम पनि उत्पादन गरिरहेको थियो । नेपालको पहिलो स्टिल उद्योग हिमाल हो भने दोस्रो स्टिल उद्योग एभरेष्ट रोलिङ हो । उद्योगीको व्यापक विरोधपछि केही समयअघि सरकारले स्पञ्ज आइरनमा एक प्रतिशत भन्सार महसुल कायम गरेको थियो भने एमएस ब्लेडको अन्तःशुल्क एक रुपैयाँ घटाई दुई रुपैयाँ ५० पैसा कायम गरेको थियो ।

    सरकारको नीतिका कारण लागत बढ्न गएको, स्पञ्ज आइरनसँग सम्बन्धित उद्योगसँग बिक्री मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको र बजारमा स्टिलको माग पनि कम हुँदै गएपछि एक महिनादेखि स्टिल उत्पादन नै बन्द गर्नुपरेको पञ्चकन्या समूहअन्तर्गतका उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले बताए । “हाम्रो माग हो, भन्सार शुल्क बराबर गर्नु पर्‍यो र तयारी वस्तुमा लिइने अन्तःशुल्क भन्सार विन्दुमै कच्चा सामग्री ल्याउँदा लिने नीति खारेज गर्नु पर्‍यो ”, महाप्रबन्धक साहुले भने ।

    कोभिडका कारण सतहमा आएका उद्योगहरू बिस्तारै गति लिने क्रममा रहेकै अवस्थामा स्टिल उद्योगमा फरक नीतिका कारण उद्योगीहरुलाई व्यवसाय गर्न वञ्चित गरेको उद्योगीहरुको आरोप छ । दैनिक प्रयोजनमा प्रयोग हुने ह्यान्ड पम्प, ढकलगायत फलामे सामान र मेसिनरी पार्ट्सहरू रुपन्देहीमै बनाउँदै आएको रत्न आइरन इन्डष्ट्रिज पनि बन्द भएको छ । विसं २०४० मा भैरहवा पडसरीमा सञ्चालित काष्ट आइरनमा आधारित यो उद्योगबाट वार्षिक पाँच सय टन बराबरका सामान उत्पादन हुँदै आएको थियो ।

    स्टिल उद्योगहरू धमाधम बन्द हुनुमा सरकारको नीति नै गलत रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले बताए । “जबसम्म उद्योग तथा औद्योगिक क्षेत्र मैत्री नीति आउँदैन अन्य उद्योगहरू पनि बन्द हुन्छन्”, उनले भने, “कोरोनाले धरासायी भएका उद्योगहरूलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै च्याप्दै जाँदा समस्या बढिरहेको छ ।” भैरहवा क्षेत्रमा पञ्चकन्या, एभरेष्ट, एसआर, गोयन्का, रत्न, फेरो, काठमाडौं स्टिललगायतका उद्योगले अन्तःशुल्क तथा भन्सार शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै आएका थिए । यस क्षेत्रमा श्री स्टिल सबैभन्दा ठूलो र बढी क्षमताको उद्योग रहेको छ ।

    त्यसैगरी स्पञ्ज आइरनबाट सञ्चालित अम्बे स्टिल र लक्ष्मी स्टिलसमेत छन् । उद्योगहरू धमाधम बन्द हुन थालेपछि यहाँ काम गरिरहेका कामदारहरू चिन्तित भएका छन् । यी पाँचवटै उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब दुई हजार कामदार प्रभावित हुने एभरेष्ट रोलिङका प्रबन्ध निर्देशक गोयन्काले बताए ।

    उनले उद्योग बन्द भएपछि केही कामदारलाई बिदा दिएर न्यूनतम कर्मचारीलाई मात्र उद्योगमा राखिएको बताए ।यस्तै पञ्चकन्या समूहका महाप्रबन्धक साहुले पनि तिहारपछि उद्योगले ठूलो परिमाणमा कामदार कटौती गर्नुपर्ने बाध्यता रहेको बताए ।रासस

  • स्टिल उद्योग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै

  • गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक युवक पक्राउ

  • काठमाडौँ धनगढीको भाडा १७ हजार बढि, भाडाको मारमा हवाई यात्रु

  • नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

  • समाचार
  • १

    नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै
    २०८२ आश्विन १५, बुधबार

  • २

    गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक युवक पक्राउ
    २०८२ आश्विन १४, मंगलबार

  • ३

    काठमाडौँ धनगढीको भाडा १७ हजार बढि, भाडाको मारमा हवाई यात्रु
    २०८२ आश्विन १४, मंगलबार

  • ४

    नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा
    २०८२ आश्विन १४, मंगलबार

  • ५

    दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे
    २०८२ आश्विन १४, मंगलबार

  • ६

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला
    २०८२ आश्विन १४, मंगलबार

  • ७

    चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)
    २०८२ आश्विन १४, मंगलबार

  • ८

    नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै
    २०८२ आश्विन १४, मंगलबार

  • ९

    गजल – दशैँ
    २०८२ आश्विन १३, सोमबार

  • १०

    अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु , २४ घाइते
    २०८२ आश्विन १३, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution