• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण २९, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८३ श्रावण १०, आईतबार
२

श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

२०८३ श्रावण ७, बिहिबार
३

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेर तीन जनाको मृत्यु

२०८३ श्रावण १३, बुधबार
४

सिर्जना इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा प्रथम त्रैमासिक परीक्षा सम्पन्न

२०८३ श्रावण ९, शनिबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

मलखाद बोकेको बोलेरो जीप दुर्घटना: एक जनाको मृत्यु

२०८३ श्रावण १४, बिहिबार
७

१ लाख घुससहित गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ

२०८३ श्रावण १९, मंगलबार
८

स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

२०८३ श्रावण २७, बुधबार
९

त्रिशूली नदीमा इभी भ्यान खस्दा चालक बेपत्ता

२०८३ श्रावण ९, शनिबार
१०

गण्डकी सहितका चार प्रदेशमा भारी बर्षाको सम्भावना

२०८३ श्रावण ८, शुक्रबार
११

सिजीले उत्पादन गरेका चारवटा ब्राण्डका चाउचाउ न्यून गुणस्तर, बिक्री बितरणमा रोक

२०८३ श्रावण ४, सोमबार
१२

यी प्रदेशका पहाडी र हिमाली भूभागमा भारी बर्षा हुने

२०८३ श्रावण १९, मंगलबार

तिहारमा ठगिनुहोला ! यसरी छुट्याउनुहोस् ‘सक्कली र नक्कली नोट’

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक १०, बिहिबार

  • ५५२ पटक पढिएको
  • कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ ।

    मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग  गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।

    हाम्रो देशमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि  वि.सं. २०२५/२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । उनका अनुसार गैह्रिधारा नाम नखुलेको एक व्यक्तिलाई प्रहरीले समाति थुनेको पनि थियो । त्यसैगरी वि.सं. २०३६/३७ तिर सिद्धार्थनगरमा गभर्नर कुलशेखर शर्माका हस्ताक्षर भएका रु. १०० दरका जालीनोट बजारमा देखापरेको थियो भनिएको छ । केहीबर्ष अघिसम्म भारतीय जाली नोटहरुको कारोबार अत्याधिक मात्रामा रहेको थियो । यसको तुलनामा नेपाली जाली नोटहरु कमै भेटिन्थे ।

    तर, पछिल्ला समयमा संघठित गिरोहहरुले नेपाली जाली नोटहरुको कारोबार पनि बढाएको छन् । हाल बजारमा अत्याधिक रुपमा रु. ५०० र रु. १००० दरका तथा नगन्य मात्रामा रु.१०० दरका जाली नोटहरु देखा परिरहेका हुन्छन्, जसमा हामी पनि थाहै नपाई फस्न सक्छौँ । त्यसैले जाली नोटहरुबाट बच्न हामीले बेलैमा सजगता अपनाउनुपर्छ । जाली नोट र सक्कली नोट हामी आफैँले छुट्याउन सक्यौँ भने हामी ठगिनबाट बच्न सक्छौँ ।

    सक्कली या नक्कली नोट : कसरी थाहा पाउने ?

    कुनै नोट जाली हो वा होइन भनि पहिचान गर्ने प्रमुख आधार नोटमा रहेको सेक्युरिटी फिचर्स नै हो । सक्कली नोटहरुमा हुने यस्तो फिचर्स जाली नोटहरुमा पाइँदैनन् । केहीमा भएपनि ज्यादै कमशल खालको हुने हुँदा छुट्याउन सकिन्छ । केन्द्रीय बैंकले नै आफूले जारी गर्ने नोटहरुमा सकभर जाली बनाउन नसक्ने र बनाएमा पनि सहजै छुटाउन सकिने खालका यस्ता फिचर्सहरु राखेको हुन्छ ।

    जाली नोट परिक्षण गर्न सुरक्षात्मक उपायहरुका माध्यमबाट केन्द्रीय बैंकको नीति र निर्देशनको अधिनमा रही विभिन्न तालिम, गोष्ठी तथा कार्यपत्र प्रस्तुति मार्फत बैंक तथा वित्तीय संस्था र नोटकोष रहेका बैंकहरुलाई दिने निर्देशन बमोजिम व्यवहारिक ज्ञानका माध्यमबाट परिक्षण गरी सक्कली वा नक्कली नोट छुट्टाउन सकिने हुन्छ । यसबाहेक बैंक तथा वित्तीय संस्था तथा मुद्राको कारोबार हुने स्थानहरुमा म्यानिफाइङ ग्लास, स्टेप वाचर, अल्ट्रा भ्वायोलेट लाइट, फ्लोरिसिन इंकजस्ता उपकरणको माध्यमबाट परिक्षण गरी सक्कली वा जाली नोट छुट्टाइन्छ । यसबाहेक आफैँ पनि कुनै पनि नोट जारी हो या होइन भन्ने जान्न सकिन्छ । यसरी आफैँले जाली नोट थाहा पाउन सके ठगीबाट बच्न सकिन्छ ।

    हेर्नुस्, जाली नोट चिन्ने ७ सहज तरिका : 

    • सक्कली र जाली नोटलाई कान नजिकै लगेर हल्लाएमा सक्कली नोटको आवाज कडा र खड खड गर्ने हुन्छ भने जाली नोटको आवाज कम हुन्छ ।
    • सक्कली नोटको कागज स्तरीय, अलि खस्रो र कडा हुन्छ भने जाली नोटको कागज छाम्दा चिप्लो, लुलो र मोटो हुन्छ । जाली नोट सक्कली नोट जस्तो चहकिलो पनि हुँदैन ।
    • सक्कली नोटको रंग स्पष्ट र सफा गाढा हुन्छ भने जाली नोट हल्का, अस्पष्ट र फुङ्ग उडेको जस्तो देखिन्छ ।
    • सक्कली नोटलाई उज्यालो तिर फर्काएर हेरेमा नोटको दायातर्फ रहेको भागमा पानी छाप स्पस्ट देखिन्छ भने जलि नोटमा केहि कालो दले जस्तो अस्पष्ट देखिन्छ ।
    • सक्कली नोटमा रहेको सुरक्षा धागो नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ भने नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।
    • नोटको दायातर्फ रहेको सेतो भागको बायातर्फ भएको रंगीन आधा अक्षर नेपाल राष्ट्र बैंकलाई उज्यालोतर्फ फर्काएर हेर्दा नेपाल राष्ट्र बैंक स्पष्ट देखिन्छ भने जाली नोटमा सो अक्षर स्पष्ट देखिँदैन ।
    • सक्कली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाबाया पार्दा एउटा छुटै चहक आउछ भने जाली नोटमा यस्तो हुँदैन ।
    • कानुनी व्यवस्था
    • नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ दफा ९५ बमोजिम जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा सो ऐन अनुसार कसुर गरेको मानिन्छ ।
    • त्यसैगरी त्यसो कसुर गर्ने कुनु व्यक्ति वा त्यस्ता व्यक्तिलाई कुनै किसिमको सहयोग गर्ने व्यक्तिलाई कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तिन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था मुलुकी ऐनको महल ६ मा व्यवस्था गरिएको छ ।
    • त्यसैले, हामी मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले जाली नोट कारोबार गरेको पाएमा सम्बन्धित निकाय या प्रहरीलाई खबर गरी धेरै सर्वसाधारणलाई ठगिनबाट बचाउन सक्छौँ ।  बैंकिङखबरबाट
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • शनिबार काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री वितरण हुने

  • भारतमा निर्माणाधीन सुरुङ दुर्घटना, सातको मृत्यु १३ जना घाइते

  • रेसुङ्गामा एकमहिने धार्मिक मेला हेर्न श्रद्धालुको घुइँचो

  • रोल्पामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता

  • समाचार
  • १

    शनिबार काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री वितरण हुने
    २०८३ श्रावण २९, शुक्रबार

  • २

    भारतमा निर्माणाधीन सुरुङ दुर्घटना, सातको मृत्यु १३ जना घाइते
    २०८३ श्रावण २९, शुक्रबार

  • ३

    रेसुङ्गामा एकमहिने धार्मिक मेला हेर्न श्रद्धालुको घुइँचो
    २०८३ श्रावण २९, शुक्रबार

  • ४

    रोल्पामा पहिरो अपडेट: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता
    २०८३ श्रावण २९, शुक्रबार

  • ५

    मोदीखोलाको बाढीले कास्की–पर्वत जोड्ने दुई मेटल पुल बगायो
    २०८३ श्रावण २९, शुक्रबार

  • ६

    देशका अधिकांश स्थानमा मध्यम बर्षाको सम्भावना
    २०८३ श्रावण २९, शुक्रबार

  • ७

    धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८३ श्रावण २८, बिहिबार

  • ८

    हुलाक सेवा अब ‘सरकारी कुरियर’का रूपमा विस्तार हुँदै
    २०८३ श्रावण २८, बिहिबार

  • ९

    सहन प्रधानको संगीतमा ‘यो रातो सारी’ तीज गीत सार्वजनिक
    २०८३ श्रावण २८, बिहिबार

  • १०

    मण्डला थिएटरमा ‘द एज अफ डार्कनेस’ मञ्चन
    २०८३ श्रावण २८, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution