• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
३

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
४

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
५

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
६

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
७

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार
८

चितवनको एकमात्र कन्या कलेज “मैयाँदेवी कन्या कलेज”मा कक्षा ११ मा भर्ना खुल्यो

२०८२ अषाढ २३, सोमबार
९

यमन नागरिकलाई टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी दिईँदै

२०८२ अषाढ २५, बुधबार
१०

चितवनमा गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको ज्यान गयो

२०८२ अषाढ २०, शुक्रबार
११

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

२०८२ अषाढ ३०, सोमबार
१२

उपचार गरेर एम्बुलेन्समा घर फर्किँदै गरेका बडाध्यक्षको बाटोमै मृत्यु

२०८२ श्रावण १३, मंगलबार

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार

  • ३३४ पटक पढिएको
  • गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिए । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन ।

    जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको लिलिङका घर्तीमगरले गुनासो गरे । “जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ”, उनले भने, “पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा ६ घण्टा लाग्छ ।” वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको घर्तीमगरले बताए ।

    लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको बताउँछन् । उनले पनि २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुने । मङ्सिर ४ मा उनले पाँचौँ पटक सांसद चुन्दै छन् । उनले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गरे ।

    गाउँमा लामो समयदेखि नेताहरूले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यामबहादुरले गुनासो गरे । “सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्”, उनले भने “लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्र्याक खुले पनि एकझर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ ।”

    लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सँधै ग्रसित बनिरहेका छन् । गत वर्ष सडकको ट्र्याक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनाएको छ । बागलुङको भीमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था बिजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो छ । यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन ।

    मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकका माथिल्लो तहमा २० जना विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघर सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ ।

    त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्र्याक खोल्दा घर जोखिममा परेको थियो । उनको समस्या अहिले पनि उस्तै रहेको छ । उनको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राख्थे तर चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उनले गुनासो गरे ।

    आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताए । “मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ”, उनले भने, “आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक भने मतदान गर्न उत्साह नै छैन ।”

    मतका लागि जथाभावी सडक
    मालिका गाउँपालिका–२ दर्लिङका स्थानीय चुरामणि अर्यालले मतका लागि जथाभावी सडक विस्तार भएको बताए । उनले एक मतका लागि पनि लामो दूरीमा सडक लैजाँदा बाढीपहिरोको जोखिम रहेको बताए । “गाउँको मुख्य सडक बनाउने आश्वासन २० वर्षदेखि सुन्दै आएका छौँ”, अर्यालले भने, “सडकको अवस्था कहिल्यै सुध्रेन, टोलटोलमा खोलिएका सडकले बाढीपहिरोको जोखिम बढायो ।” उनले गाउँको मुख्य सडक ग्राभेल बनाउने आश्वासनमा पाँचौँ पटकसम्म मत दिए पनि पूरा नभएको बताए ।

    सडकका लागि मुख्य समस्या रहेको लिलिङको उदाहरण देखाउँदै अर्यालले चाहिँदोभन्दा नचाहिँदो विकासमा नेताले चासो दिने गरेको बताउँछन् । जथाभावीको सडक विस्तारभन्दा परिवारलाई मुख्य सडकको पहुँचमा ल्याउने र टोलटोलमा सडक नलैजान आग्रह गरे । हिउँदमा डोजर लगाउने र बाटो बनाउने तर वर्षायाममा सधैँ उस्तै हुने समस्या रहेको पनि उनले प्रतिक्रिया दिए । यसको दीर्घकालीन समाधान कहिल्यै नखोज्ने तर क्षणिक विकास मात्र हुने उनले बताए ।

    यस क्षेत्रमा २०४६ सालपछिका आम निर्वाचनहरूमा विभिन्न राजनीतिक दलका गरी छ सांसद चुनिएका छन् । पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसका रुद्रमणि शर्मा भण्डारी, २०५१ सालमा नेकपा -एमालेका टङ्क पोखरेल, २०५६ सालमा एमालेका गोकर्ण विष्ट, २०६४ सालमा नेकपा (माओवादी केन्द्र) का चन्द्रबहादुर केसी, २०७० र २०७४ सालमा एमालेका गोकर्ण विष्ट सांसद चुनिए  ।

    अहिले यस क्षेत्रमा मुख्य गरेर सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री र नेकपा (एमाले) का सचिव गोकर्ण बिष्ट चुनावी मैदानमा रहेका छन्। उनीहरूलाई स्थानीयवासीले आश्वासन मात्र दिने र कहिल्यै पूरा नगर्ने भनेर प्रश्न गरिरहेका छन्।रासस

  • गुल्मी
  • मालिका गाउँपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    निर्वाचन अपडेट सम्बन्धि थप
  • साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला

  • सवारी चालक अनुमती पत्रको म्याद अब १० वर्ष हुने

  • बिहानै प्रहरीचौकी पुगेर मानबहादुरले भने, मैले श्रीमतीको हत्या गरेँ

  • कालमायाले पाइन् ८१ वर्षको उमेरमा नागरिकता

  • समाचार
  • १

    साइकल पुलमै छाडेर नारायणीमा हामफालेका गैंडाकोटका दिवेशको शव फेला
    २०८२ श्रावण १७, शनिबार

  • २

    सवारी चालक अनुमती पत्रको म्याद अब १० वर्ष हुने
    २०८२ श्रावण १७, शनिबार

  • ३

    बिहानै प्रहरीचौकी पुगेर मानबहादुरले भने, मैले श्रीमतीको हत्या गरेँ
    २०८२ श्रावण १७, शनिबार

  • ४

    कालमायाले पाइन् ८१ वर्षको उमेरमा नागरिकता
    २०८२ श्रावण १७, शनिबार

  • ५

    देवचुलीका न्यौपाने गैंडाकोटमा मृत अवस्थामा फेला
    २०८२ श्रावण १७, शनिबार

  • ६

    अकबरे खेती गरेका किसानलाई बजारको चिन्ता
    २०८२ श्रावण १७, शनिबार

  • ७

    फूलपातीको दिन प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ को पोस्टर सार्वजनिक
    २०८२ श्रावण १७, शनिबार

  • ८

    सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
    २०८२ श्रावण १७, शनिबार

  • ९

    गण्डकी सहितका तीन प्रदेशमा भारि बर्षाको सम्भावना
    २०८२ श्रावण १७, शनिबार

  • १०

    फिल्म ‘मोहर’ को तेस्रो गीत “सपना हो कि विपना हो” सार्वजनिक
    २०८२ श्रावण १६, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution