• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १४, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
४

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
५

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
८

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

बेमौसमी फूल खेती गरेका लोकेन्द्रको बार्षिक आम्दानी १५ लाख रुपैँया

२०८२ आश्विन १५, बुधबार
११

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
१२

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १४

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार

  • ४२४ पटक पढिएको
  • १. टी–२० विश्वकप क्रिकेट २०२२ को उपाधि जित्ने राष्ट्र कुन हो ?

    इङ्गल्यान्ड

    – इङ्गल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै टी–२० विश्वकप क्रिकेट च्याम्पियन बनेको।

    इङ्गल्यान्ड दोस्रो पटक (यसअघि सन् २०१० मा) टी–२० विश्वकपको उपाधि जित्न सफल भएको।

    –  इङ्गल्यान्डले अस्ट्रेलियाको मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै सो उपाधि हात पारेको।

    – यससँगै इङ्गल्यान्डले वेस्ट इन्डिजले राखेको कीर्तिमानी बराबरी गरेको।

    २. खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाई भूकम्प कहिले गएको हो ? 

    वि.सं. २०७९ कात्तिक २३

    – सो भूकम्प ६ दशमलव ६ रेक्टर स्केलको रहेको।

    – २०३७ सालयता सुदूरपश्चिम प्रदेशमा गएको यो सबैभन्दा ठूलो भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको ।

    – भूकम्पका कारण डोटी, बझाङ, बाजुरा र बैतडी जिल्ला बढी प्रभावित भएका।

    ३. सन् २०२७ को आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?

    नेपाल र बङ्गलादेश (संयुक्त रूपमा)

    –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२२ नोभेम्बर १३ मा सोसम्बन्धी निर्णय गरेको।

    – आईसीसीले बङ्गलादेशलाई आयोजक र नेपाललाई सहआयोजक मान्दै विश्वकप आयोजना गर्ने

    जिम्मेवारी दिएको।

    ४. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलाबी सहर भनी कुनलाई चिनिन्छ ?

    वालिङ

    –  (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने ।)

    ५. जैविक हतियार निषेधसम्बन्धी महासन्धिको नेपाल कति औँ पक्ष राष्ट्र हो ?

    १७७औँ

    ६. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

    वीर अस्पताल (२०७३ साउन १३)

    – विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

    – जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

    ७. चौरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ? 

    भीमेश्वर न.पा.–१, दोलखा

    – बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।

    – उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन

    गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यका साथ स्रोत केन्द्र स्थापना गरिएको।

    ८. नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?

    सङ्खुवासभा

    ९. नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६९ साउन १२ गतेको निर्णयअनुसार कौशितोषाखाना कार्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?

    निवृत्तभरण व्यवस्थापन कार्यालय

    १०. आयुर्वेदका प्रवर्तक को हुन् ?

    धनवन्तरी

    – नेपालमा कार्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरी जयन्ती मनाउने गरिएको।

    – वि.सं. २०५६ देखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको।

    ११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?

    प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा

    सञ्चालित कार्यक्रम

    १२. काठमाडौँ विश्वविद्यालयको सम्मानार्थ महाविद्यावारिधि प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?

    संस्कृतिविद सत्यमोहन जोशी

    १३. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटनादर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्दछ ?

    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

    १४. नेपालमा मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?

    वि. सं. २०५४ मङ्सिर १

    – (मूल्य अभिवृद्धि कर भन्नाले कानुनद्वारा छूट दिइएका वस्तु तथा सेवाबाहेकका सम्पूर्ण वस्तुमा लाग्ने कर हो । यो कर खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर मूल्यमा लाग्छ । नेपालमा वि.सं. २०५२ मा मूल्य अभिवृद्धिकर ऐन प्रकाशित गरी २०५४ मङ्सिर १ गतेदेखि यो लागू गरिएको हो ।)

    १५. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?

    वि.सं. २०७४ मङ्सिर १

    १६. फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?

    ओरभिल राइट र विलभर राइट

    १७. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?

    कुथेर अधिकरण

    १८. विश्वको सबैभन्दा गहिरो सागर कुन हो ?

    क्यारेवियन सागर

    १९. सार्क सचिवालयबाट नियमित रूपमा निस्कने पत्रिकाको नाम के हो ?

    एष्नभयल

    २०. ‘अर्थ आवर’ भनेको के हो ?

    ऊर्जा बचतका लागि विश्वव्यापी अभियान

    – यस अभियानको सुरुवात सन् २००७ मा अस्ट्रेलियाबाट भएको।

    – हरेक वर्ष मार्च २४ मा ‘अर्थ आवर’ मनाउने गरिएको।

    २१. तेक्वान्दो खेललाई आधिकारिक रूपमा ओलम्पिकमा कहिलेदेखि समावेश गरिएको हो ?

    सन् २००० को सिड्नी ओलम्पिकदेखि

    – (सन् १९८८ मा सोलमा र सन् १९९२ मा वार्सिलोनामा भएको ओलम्पिकमा तेक्वान्दोले प्रदर्शन खेलका रूपमा प्रवेश पाएको थियो।)

    २२. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

    सन् २०१२

    – नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको। यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने।

    – डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको।

    २३. मदर टेरेसालाई नोबल शान्ति पुरस्कार कहिले प्रदान गरिएको हो ?

    सन् १९७९

    २४. ‘शान्तिको आरम्भ एउटा मिठो मुस्कानबाट हुन्छ’ भन्ने व्यक्तित्व को हुन् ?

    मदर टेरेसा

    २५. जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न लगाइएको विद्युतीय तारलाई के भनी चिनिन्छ ?

    एन्जाइबर

    २६. वल्र्ड बुक अफ रेकर्ड लन्डनको नेपाल च्याप्टरले सर्टिफिकेट अफ एक्सिलेन्स अवार्डबाट सम्मानित गरेको नेपाली औषधि उत्पादक कम्पनी कुन हो ?

    टिजिग फर्मा प्रा.लि. (सन् २०२२ नोभेम्बर)

    – नेपालमा क्यान्सरको औषधि उत्पादन गर्ने पहिलो कम्पनी स्थापना र सञ्चालन गरेबापत सो अवार्ड प्रदान गरिएको।

    – यस कम्पनीले क्यान्सरविरुद्धको औषधि उत्पादन गरी आ.व. २०७८/७९ को अन्त्यतिरबाट बिक्री–वितरण सुरु गरेको।

    – पछिल्लो समय यहाँ उत्पादित यो औषधि स्वदेशमा मात्र नभई भारतमा समेत नियमित रूपमा निर्यात हुन थालेको।

    २७. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

    वि.सं. २०६५ पौष १७

    २८. वान बेल्ट वान रोड (ओबीओआर)) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?

    वि.सं. २०७४ वैशाख २९

    – (आबीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको।)

    २९. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धारामा व्यवस्था गरिएको छ ?

    धारा ३१ (३)

    ३०. संयुक्त राष्ट्रसङ्घद्वारा कुन दिनलाई ‘निलो आकाशका लागि सफा हावा दिवस’का रूपमा मनाउने घाषणा गरिएको हो ?

    सेप्टेम्बर ७

    – सं.रा. सङ्घले सन् २०१९ डिसेम्बर १९ मा सो घोषणा गरेको।

    – सन् २०२० देखि यो दिवस मनाउन थालिएको। गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

  • अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार

  • शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

  • विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

  • समाचार
  • १

    युएईविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
    २०८२ कार्तिक १३, बिहिबार

  • २

    अन्नपूर्ण बेशक्याम्पबाट १६२ जनाको सशस्त्रबाट उद्वार
    २०८२ कार्तिक १३, बिहिबार

  • ३

    शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ४

    विश्वकप लिग–२: नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै
    २०८२ कार्तिक १३, बिहिबार

  • ५

    तिलिचो घुम्न गएका १३ नेपाली सहित १५ जना बेसक्याम्पमा अलपत्र
    २०८२ कार्तिक १३, बिहिबार

  • ६

    ‘मोन्था’ चक्रवातको आंशिक प्रभावले विभिन्न स्थानमा वर्षा हुने
    २०८२ कार्तिक १३, बिहिबार

  • ७

    हिडन भ्यालीमा अलपत्र १५ पर्यटकको उद्धारकालागि सुरक्षाकर्मीको टोलि पठाइयो
    २०८२ कार्तिक १२, बुधबार

  • ८

    नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति
    २०८२ कार्तिक १२, बुधबार

  • ९

    रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर
    २०८२ कार्तिक १२, बुधबार

  • १०

    मुस्ताङमा भारी हिमपात, सवारी आवागमनमा समस्या
    २०८२ कार्तिक १२, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution