२०८२ बैशाख १८, बिहिबार
Ripe apples are seen hanging on a tree, in Marpha of Mustang, on Thursday, August 11, 2016. Photo: RSS
स्थानीय सरकारले हिउँदे फलफूलका बिरूवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ।
सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ।
मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरूवा नल्याइ झूटो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
बिरूवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ।
आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरूद्ध एक लाख ६१ हजार रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो।
आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरूद्ध दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे