• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक ९, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन १९, सोमबार
३

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
४

बर्षाले नेपालसँगको खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा

२०८३ आश्विन १३, मंगलबार
५

प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा

२०८३ आश्विन १३, मंगलबार
६

होङ्सी–दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

२०८३ आश्विन १८, आईतबार
७

भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

२०८३ आश्विन १६, शुक्रबार
८

नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

२०८३ आश्विन १७, शनिबार
९

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

२०८३ आश्विन १५, बिहिबार
१०

प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रसंघको महासभामा सम्बोधन (पूर्णपाठ)

२०८३ आश्विन ९, शुक्रबार
११

प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

२०८३ आश्विन १६, शुक्रबार
१२

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार

नयाँ सरकार नबन्दै भावी आईजीपी ‘क्लियर’ गर्दै देउवा सरकार

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार

  • ५३९ पटक पढिएको
  • काठमाडौं । आमनिर्वाचनपछिको नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक तयारीमा जुटिरहेका बेला शेरबहादुर देउवा नेतृत्वको वर्तमान काम चलाउ सरकारले सुरक्षा निकायमा दीर्घकालीन असर पर्नेगरी नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा प्रक्रिया थालेको छ ।

    ताजा जनादेशपछि आगामी सरकार कुन पार्टी र कसको नेतृत्वमा बन्ने स्पष्ट तस्बिर बाहिर नआइसकेको संक्रमणकालीन अवस्थामा वर्तमान कामचलाउ सरकारले आफूनिकट व्यक्तिलाई भावी प्रहरी महानिरीक्षक (आईजीपी) बनाउनेगरी हतारहतारमा बढुवा प्रक्रिया अगाडि बढाउन थालेको हो ।

    बढुवाको यो खेलमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाको ताजा जनादेशबाट अनुमोदन हुन नसकेका गृहमन्त्री बालकृष्ण खाँड सक्रिय रूपमा लागेको स्रोतको दाबी छ । निर्वाचनमा पराजय भोगेका गृहमन्त्री खाँडलगायतका मन्त्रीहरूले तत्कालै राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला गृहमन्त्री खाँडको यो कदमलाई धेरैले अस्वाभाविक र अपाच्य भनेर टिप्पणी गरिरहेका छन् ।

    नेपाल प्रहरीमा अहिले चार एआईजीको दरबन्दी रिक्त छ । एआईजी विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुणकुमार बीसी र रवीन्द्रबहादुर धानुक अवकाशमा गएपछि ती पद रिक्त भएका हुन् ।

    –आईजीपी सिंह असन्तुष्ट
    – गुमराहमा राखिएको निर्वाचन आयोगको स्पष्टोक्ति

    एआईजी पोखरेलले आईजीपी बढुवामा असन्तुष्टि जनाउँदै २ साउनमा दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले स्वीकृत नगरेपछि उनी २० साउनमा एआईजीको ५६ वर्षे उमेर हदका कारण स्वतः अवकाशमा गएका थिए । त्यस्तै, अन्य तीन जना पनि ५६ वर्षे उमेर हदकै कारण अवकाशमा गएका थिए । तीमध्ये आचार्य २३ भदौमा, बीसी १५ कात्तिकमा र धानुक २२ कात्तिकमा अवकाशमा गएका थिए । उनीहरू चार जनाको ठाउँमा निर्वाचन सकिएको र ताजा जनादेशअनुसारको नयाँ सरकार नबनेको अवस्थामा बढुवाका लागि सक्रियता बढाइएको हो ।

    त्यसो त निर्वाचनवअगावै पनि बढुवाको प्रयास नभएको होइन । निर्वाचन आचारसंहिता र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अनिच्छाका कारण बढुवा रोकिएको थियो ।

    हाल डीआईजीको वरिष्ठतामा तीन जना प्रहरी महानिरीक्षक सिंहकै ब्याची छन् । मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँ, लुम्बिनी प्रहरी प्रमुख नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रहरी प्रमुख मोहन आचार्य सिंहका ब्याची हुन् । एआईजी बढुवामा उनीहरू तीन जनाको दाबी स्वभाविक नै हो । उनीहरू तीन जनालाई बढुवा दिँदा कसैमाथि अन्याय पनि हुँदैन र यसले प्रहरी संगठनमा दीर्घकालीन असर पनि पर्दैन । सिंहसँगै आगामी ११ चैतमा उनीहरू ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् ।

    तर, उनीहरूबाहेक अर्काे एक जना जो बढुवा हुन्छन्, उनी नै भावी आईजीपीका दाबेदार हुने हुनाले कामचलाउ देउवा सरकार एआईजी बढुवाका लागि सक्रियताका साथ लागेको हो ।

    स्रोतका अनुसार अर्काे ब्याच अर्थात विशेष ब्युरोका डीआईजी अशोक सिंहलाई भावी आईजीपी बनाउनेगरी अहिले बढुवाको खेल रचिएको हो । उनलाई जसरी पनि एआईजीमा बढुवा गर्न प्रहरी नेतृत्वलाई बालुवाटार र गृह मन्त्रालयले दबाब दिएको हो । तर, प्रहरी महानिरीक्षक सिंहले गृहमन्त्री खाँणलाई भेटेरै असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

    त्यसो त आफ्नै ब्याचमा पनि एसएसपीमा पछि रहेका सिंहलाई देउवा सरकारले डीआईजी बढुवा गर्दा अगाडि तानेको थियो । वसन्त कुँवर, टेकप्रसाद राईपछि तेस्रोमा मात्रै सिंह डीआईजीमा बढुवा भएका थिए । उनीपछि चौथो नम्बरमा दीपक थापा बढुवा भएका थिए ।

    स्रोतका अनुसार, प्रहरी महानिरीक्षक सिंहको असहमतिबीच गृह मन्त्रालयले एआईजी बढुवाका लागि निर्वाचन आयोगबाट समेत सैद्धान्तिक सहमति लिइसकेको छ । सैद्धान्तिक सहमति लिने क्रममा गृह मन्त्रालयले निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको खुलासा भएको छ । गृहले प्रहरीका केही पदमा सरुवा–बढुवा प्रयोजनका लागि भन्दै सैद्धान्तिक सहमति मागेपछि निर्वाचन आयोगले सहमति दिएको थियो । तर, गृहले मागेको सैद्धान्तिक सहमति एआईजी बढुवाका लागि भएको आफूहरूलाई थाहा नभएको आयोग स्रोतले बतायो ।

    त्यसो त निर्वाचन आचारसंहिता जारी रहेको अवस्थामा कसैलाई बढुवा गर्नुपर्ने अवस्था आएको खण्डमा सम्बन्धित निकायले व्यक्तिको नाम र विवरण उल्लेख गरेर निर्वाचन आयोग पठाउनुपर्छ । तर, गृहले सैद्धान्तिक सहमति मागे पनि अन्य प्रक्रिया पूरा नगरेको स्रोतको दाबी छ । गृहले गोलमटोल पत्र लेखेर आफूहरूलाई नै गुमराहमा राखेको निष्कर्षमा पुगेको आयोगले यस विषयमा गृहसँग जवाफ माग्ने तयारी गरिरहेको छ । राजधानीडेलीबाट

  • नेपाल प्रहरी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान

  • सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता

  • गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

  • एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा

  • समाचार
  • १

    बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
    २०८३ कार्तिक ९, आईतबार

  • २

    सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु , ३ बेपत्ता
    २०८३ कार्तिक ९, आईतबार

  • ३

    गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने
    २०८३ कार्तिक ९, आईतबार

  • ४

    एसिया कप राइजिङ स्टार्स कतारमा हुने, नेपाल समुह बी मा
    २०८३ कार्तिक ८, शनिबार

  • ५

    देशका अधिकांश स्थानमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक ८, शनिबार

  • ६

    आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ७

    तराईमा हुस्सु, पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने
    २०८३ कार्तिक ७, शुक्रबार

  • ८

    एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
    २०८३ कार्तिक ६, बिहिबार

  • ९

    नवदुर्गासँग जोड्दै नेवार समुदायले मनाए मोहनी नखः
    २०८३ कार्तिक ५, बुधबार

  • १०

    बासी खाना र फोहोर भान्सा भेटिएपछि सुनवलको सगरमाथा होटल संचालनमा रोक
    २०८३ कार्तिक ५, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution