गैंडाकोट नगरपालिकाले नगर भित्रका स्थानीय बजार तथा टोलटोलमा व्यापार व्यवसायको नाममा गाडी, रिक्सा, अटो, ठेला लगायतका साधनमा उच्च आवाजमा स्पिकर जडान गरि माइकिङ्ग नगर्न व्यापारीहरुलाई आग्रह गरेको हो ।
चर्को आवाजमा माइकिङ्ग गर्दा यसले ध्वनी प्रदुषणका साथै स्वास्थ्यमा समेत नकरात्मक असर पर्ने भएकाले यसलाई बन्द गर्न आग्रह गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालद्धारा जारी सूचनामा उल्लेख छ ।
ध्वनी प्रदुषणका कारण बृद्ध तथा बालबालिका साथै मुटु रोग लगायतका समस्या भएका व्यक्तिलाई बढी समस्या निम्त्याएको गुनासो नगरपालिकामा आएपछि नगरपालिकाले त्यसबारे चासो देखाएको हो ।
पालिकाको आग्रहलाई अटेर गरि टोल बजारमा कसैले ठुलो आवाजमा बिज्ञापन वा माइकिङ्ग गर्दै हिडेमा सामाग्री जफत गरिने नगरपालिकाले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे