• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
८

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
९

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
१०

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
११

काठमाडौँबाट कावासोती आउँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन

२०८२ अषाढ ३०, सोमबार
१२

लक्जम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने नवलपरासीका चौधरी पक्राउ

२०८२ अषाढ २२, आईतबार

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १६

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष १३, बुधबार

  • ३०१ पटक पढिएको
  • १. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? 

     वि.सं. २०७९ पुस १०

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभाका सदस्य प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको।

    वि.सं. २०६५ र २०७३ मा सरकारको नेतृत्व गर्नुभएका प्रचण्ड झन्डै छ वर्षपछि पुनः सत्ताको बागडोर सम्हाल्न पुग्नुभएको।

    नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदसहित १६९ (एमाले : ७८, माओवादी केन्द्र : ३२, रास्वपा : २०, राप्रपा : १४, जसपा : १२, जनमत : छ, नागरिक उन्मुक्ति ः चार र स्वतन्त्र ः तीन) सांसदको समर्थन प्राप्त भएको ।

    २. साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले प्रदान गर्ने ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ? 

     सिद्धार्थ बैङ्क लिमिटेड

    ३. पहिचान पुरस्कार कोषले चार लाख रुपियाँ राशिको पहिचान पुरस्कार (२०७९) कसलाई प्रदान गरेको हो ? 

     कविता राई (कृति ः गुरु) र अर्जुनबाबु मावोहाङ एवं अमित थेवे (कृति ः सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट)लाई संयुक्त रूपमा प्रदान गरिएको।

    ४. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेमो फ्लाइट’ कहिले गरिएको हो ? 

     वि.सं. २०७९ पुस ७

    डेमो फ्लाइटअन्तर्गत निजी वायुसेवा कम्पनी यती एयरलाइन्स र बुद्ध एयरको जहाजले विमानस्थलमा पहिलो अवतरण गरेको।

    विमानस्थल सञ्चालनसँगै हालको पोखरा विमानस्थलबाट हुँदै आएका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने तथा साना जहाज, हेलिकोप्टर र अल्ट्राफ्लाइटको उडान पुरानै विमानस्थलबाट हुने जनाइएको।

    विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका साथै जहाजमा यात्रु चढाउन र झार्नका लागि नेपालकै पहिलो एरोब्रिज बनाइएको।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थलमा यसअघि २०७९ मङ्सिर ५ देखि १२ गतेसम्म एरोथाई कम्पनीको विमानद्वारा परीक्षण उडान गरिएको।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वि.सं. २०७९ पुस १७ देखि विमानस्थल सञ्चालनमा आउने।

    अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडा र २५ सय मिटर लामो धावनमार्ग रहेको।

    विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैङ्कद्वारा २२ अर्ब रुपियाँ ऋण सहयोग उपलब्ध भएको।

    ५. अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस कहिले मनाइन्छ ?

     डिसेम्बर १८

    संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरी सन् २००३ जुलाई १ बाट यसलाई कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेपश्चात् यो दिवस मनाउन थालिएको ।

    वैदेशिक रोजगारबाट प्राप्त ‘सीप, पुँजी र ज्ञान ः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल राष्ट्रिय नाराका साथ यस वर्ष (सन् २०२२)को अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको।

    ६. वि.सं. २०७९ मा प्रदान गरिने रमेश विकल वाङ्मय पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

     तेजेश्वरबाबु ग्वङ्ग

    ७. प्रतिनिधि सभामा महाभियोग प्रस्ताव विचाराधीन रहेकै अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कहिले सेवा निवृत्त भएका हुन् ?

     वि.सं. २०७९ मङ्सिर २७

    सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहने प्रावधानका कारण उनी सेवानिवृत्त भएका।

    २०७५ पुस १८ गते प्रधानन्यायाधीशमा नियुक्त जबराउपर विभिन्न २१ बुँदे आरोपसहित २०७८ फागुन १ गते प्रतिनिधि सभामा महाभियोग प्रस्तावको सूचना दर्ता भएको थियो। प्रस्तावको सूचना दर्ता भएलगत्तै उनी निलम्बनमा परेका थिए।

    ८. नेपाली सेनाले भवन बनाउन घडेरी खन्ने क्रममा तोपगोला भेटिएको स्थान कहाँ हो ?

     तानसेन (पाल्पा)

    पाल्पाको सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने करिब दुई सयभन्दा बढी तोपका गोला फेला परेका।

    त्यस स्थानमा भीमसेन थापाको पालादेखि नै सेनाको पल्टन बसेको साथै त्यो बेलादेखि नै त्यहाँ तोपका गोला बनाउने गोलाखानासँगै हतियार बनाउने कारखाना र बारुद बनाउने बारुदखानासमेत सञ्चालनमा रहेको इतिहासका जानकारको भनाइ रहेको । सो तोपका गोला भेटिएको क्षेत्र राणाकालीन समयसम्म गोला बनाउने र भण्डारण गर्ने स्थल भएको र प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको ।

    ९. नेपाल नगरपालिका सङ्घको अध्यक्षमा को चयन भएका छन् ?

     भीमप्रसाद ढुङ्गाना (नीलकण्ठ न.पा., धादिङ)

    वि.सं. २०७९ पुसमा सम्पन्न नगरपालिका सङ्घको महाधिवेशनबाट ढुङ्गाना सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका। यसअघि उनले सङ्घको महासचिव पदको कार्यभार सम्हालेका।

    त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा (प्रमुख, चौतारा साँगाचोकगढी न.पा., सिन्धुपाल्चोक) एवं महासचिवमा नरुलाल चौधरी (प्रमुख, घोराही उ.म.न.पा., दाङ) निर्वाचित भएका।

    महाधिवेशनले पदाधिकारीसहित ३९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको।

    १०. राष्ट्रसङ्घको पिस बिल्डिङ कमिसन (पीबीसी)मा नेपाल कति अवधिका लागि चयन भएको हो ?

     दुई वर्ष

    नेपाल सन् २०२३ जनवरीदेखि लागू हुने गरी दुई वर्षका लागि पीबीसीको सदस्य निर्वाचित भएको।

    पीबीसीमा नेपालसहित भारत, बङ्गलादेश, इथियोपिया र रुवान्डा पनि सदस्य निर्वाचित भएका।

    राष्ट्रसङ्घीय मिसनमा सबैभन्दा धेरै सैनिक र प्रहरी पठाउने देशको सूचीबाट नेपाल पीबीसीमा निर्वाचित भएको। शान्ति स्थापना मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने १० मुलुकमध्येबाट पीबीसीमा पाँच मुलुक सदस्य हुने प्रावधान रहेको ।

    शान्ति मिसनमा सबैभन्दा धेरै सेना र प्रहरी पठाउनेमा नेपाल दोस्रो सूचीमा रहेको। नेपालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापक मिसनमा हाल छ हजारभन्दा बढी सुरक्षाकर्मी खटाएको।

    ११. विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस वल्र्ड–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

     सरगम कौशल (भारत)

    सन् २०२२ डिसेम्बरमा अमेरिकामा सम्पन्न ३८औँ संस्करणको मिसेस वल्र्डमा विजयी भएसँगै भारत २१ वर्षपछि मिसेस वल्र्डको उपाधि चुम्न सफल भएको। यसअघि सन् २००१ मा अभिनेत्री अदिति गोवित्रिकरले यो उपाधि चुमेकी ।

    मिसेस इन्डिया–२०२२ को विजेता भएसँगै मिसेस वल्र्डको उपाधि चुम्न सफल ३२ वर्षीया सरगम मोडलका साथै शिक्षिका हुन्।

    विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका रूपमा सन् १९८४ देखि मिसेस वुमनका नाममा सुरु भएको प्रतियोगिताको नाम सन् १९८८ मा मिसेस वल्र्डमा परिवर्तन गरिएको।

    १२. टाइम वर्ष व्यक्ति : २०२२ घोषित हुन सफल व्यक्तित्व को हुन् ?

     भोलोदिमिर जेलेन्स्की

    चर्चित अमेरिकी म्यागेजिन ‘टाइम’ले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई सन् २०२२ को टाइम वर्ष व्यक्ति

    घोषणा गरेको।

    अमेरिकी म्यागेजिन ‘टाइम’ले वर्षभरिमा विश्वभरमा प्रभावशाली एवं चर्चित व्यक्तिलाई ‘टाइम वर्ष व्यक्ति’ घोषणा गर्ने गरेको। म्यागेजिनले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्न थालेको । सन् १९९९ सम्म म्यान अफ द इयर वा वुमन अफ द इयरका रूपमा घोषणा गर्ने गरिएकोमा सन् २००० देखि ‘टाइम पर्सन अफ द इयर’ भन्न थालिएको ।

    पहिलो ‘म्यान अफ द इयर’ घोषित हुने व्यक्ति चाल्र्स लिन्डवर्ग (सन् १९२७) हुन्।

    १३. पुरुष टी–२० एसिया कप क्रिकेट, २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?

     श्रीलङ्का (उपविजेता ः पाकिस्तान)

    आयोजना मिति ः सन् २०२२ अक्टोबर २७–सेप्टेम्बर ११)

    खेल आयोजना ः संयुक्त अरब इमिरेट्स (युएई)

    सहभागी राष्ट्र ः छ (भारत, पाकिस्तान, श्रीलङ्का,

    बङ्गलादेश, अफगानिस्तान र हङकङ)

    श्रीलङ्कामा हुने भनिएको यो प्रतियोगिता (१५औँ संस्करण) युएईमा सारिएको।

    १४औँ संस्करणको विजेता भारत र उपविजेता

    बङ्गलादेश रहेका ।

    १४. प्रतिसेकेण्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ ?

     आवृत्ति

    आवृत्तिलाई हर्ज एकाइमा नापिन्छ। हर्जभन्दा ठूला एकाइ किलोहर्ज र मेगाहर्ज हुन्।)

    १५. रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ ?

     परमाणु

    १६. प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए ? 

     अङ्ग्रेज

    १७. ट्युनिसियामा सन् २०२२ डिसेम्बर १७ मा संसदीय चुनावमा कति प्रतिशत मतदान भएको छ ?

     ८.८ प्रतिशत

    अति न्यून मतदानलाई राष्ट्रपति काइस सैयद र उनलाई कुको आरोप लगाएर आन्दोलनरत विपक्षीबीचको सङ्घर्षमा एक महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ। सन् २०२१ जुलाईमा सैयदले सेनाद्वारा घेरेर संसद् भङ्ग गरेपछि अधिकांश शक्ति आपूmमा केन्द्रित गरेका थिए। त्यसपछि प्रायः निष्प्रभावी बनेको संसद्को यो निर्वाचनलाई विपक्षीहरूले बहिष्कार गरेका थिए।

    विपक्षी दलहरूले न्यून मतदानलाई आपूmहरूको आह्वानलाई जनताले सदर गरेको रूपमा व्याख्या गरेका छन्।

    ९० प्रतिशत ट्युनिसियन जनताले निर्वाचन बहिष्कार गरेपछि सैयदको परियोजना अस्वीकृत भएकोमा कुनै सन्देह देखिँदैन।

    अर्कोतर्फ प्रतिपक्षी दलहरू पनि विगतमा सरकारमा हुँदा भ्रष्टाचार र आर्थिक गतिरोधमा जोडिएकाले अलोकप्रिय छन्। त्यसमाथि विपक्षी दलहरू एक ठाउँमा छैनन् र उनीहरू एकअर्कालाई सैयदजत्तिकै घृणा गर्छन्। जसले गर्दा तिनले सैयदविरुद्ध ठूलो जनपरिचालन गर्न सकिरहेका छैनन्। धेरैले पछिल्लो निर्वाचनमा न्यून मतदानलाई विपक्षीको जितभन्दा पनि सैयदको हारका रूपमा हेरेका छन्।

    ट्युनिसिया अरब क्रान्तिको उद्गम मुलुक हो। सन् २०१० डिसेम्बर १७ का दिन सडकमा व्यापार गर्ने मोहम्मद वोआजिजीले नगर अधिकारीद्वारा गरिएको दुव्र्यवहारको विरोधमा आत्मदाहको प्रयास गरेका थिए। उनको आगजनीकै कारण १८ दिनपछि मृत्यु भएको थियो। त्यसले ट्युनिसियाको शासनप्रति दबेको असन्तोष विष्फोट हुँदा ‘जस्मिन क्रान्ति’ उठ्यो, जुन कैयौँ अरब मुलुकमा पैmलिएर ‘अरब क्रान्ति’को रूप लिएको थियो।

    १८. नेपालमा जिल्लास्थित प्रशासनिक संरचनामा मौजा, प्रगन्ना र जिल्ला भन्ने तीन तह कुन कालमा थियो ?

     लिच्छवि काल

    १९. सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन् ? 

     बझाङ

    २०. तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन् ? 

     पृथ्वीपाल सेन

    २१. वि.सं. २०७९ पुस ३–६ सम्म काठमाडौँमा सम्पन्न दसौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाल पानारोमातर्पm उत्कृष्ट फिक्सन फिल्म बन्न सफल वृत्तचित्र कुन हो ?

     फोर नाइट्स (निर्देशक ः दीपक रौनियार)

    त्यस्तै डकुमेन्ट्री विधातर्फ ‘आइरन डिगर’ (निर्देशक ः अनिल बुढामगर) उत्कृष्ट घोषित भएको।

    अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ बङ्गलादेशी निर्देशक जुवोराज समिमको फिल्म ‘द इन्सटिंक्ट’ एवं ननफिक्सन विधातर्फ फिनल्यान्डका निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस् अफ द अर्थ’ उत्कृष्ट घोषित भएका।

    प्रत्येक विधामा उत्कृष्ट बन्न सफल फिल्मलाई अवार्डसहित ५०÷५० हजार रुपियाँ नगद राशि प्रदान गरिएको।

    महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको। गोरखापत्रबाट

  • लोकसेवा आयोग
  • लोकसेवा तयारी
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

  • गुल्मीका न्यौपाने लण्डनको वेम्बली स्टेडियमभित्र मृत फेला

  • एमाले सचिवालय बैठक: ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने

  • कावासोतीमा संचालन हुने तान्त्रिक झांक्री शिविरलाई प्रशासनले दिएन अनुमति

  • समाचार
  • १

    राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
    २०८२ श्रावण २, शुक्रबार

  • २

    गुल्मीका न्यौपाने लण्डनको वेम्बली स्टेडियमभित्र मृत फेला
    २०८२ श्रावण २, शुक्रबार

  • ३

    एमाले सचिवालय बैठक: ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
    २०८२ श्रावण २, शुक्रबार

  • ४

    कावासोतीमा संचालन हुने तान्त्रिक झांक्री शिविरलाई प्रशासनले दिएन अनुमति
    २०८२ श्रावण २, शुक्रबार

  • ५

    कावासोतीमा संचालन हुने तान्त्रिक झाक्री शिविर सञ्चालन गर्न प्रशासनले दियो अनुमति !
    २०८२ श्रावण २, शुक्रबार

  • ६

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते
    २०८२ श्रावण २, शुक्रबार

  • ७

    राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
    २०८२ श्रावण २, शुक्रबार

  • ८

    साउन २ गते शुक्रबारको राशिफल, तपाईँको आजको दिन शुभ रहोस्
    २०८२ श्रावण २, शुक्रबार

  • ९

    गण्डकी सहितका चार प्रदेशमा भारी वर्षाको सम्भावना
    २०८२ श्रावण २, शुक्रबार

  • १०

    अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
    २०८२ श्रावण २, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    २

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ३

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ४

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ५

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ६

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ७

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ८

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution