• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
६

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
७

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
८

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
९

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१२

बालेनप्रति हर्कको कटाक्ष- संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक !

२०८२ भाद्र २६, बिहिबार

अब सातै प्रदेशबाट श्रम स्वीकृति

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष २३, शनिबार

  • २२० पटक पढिएको
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ ।

    प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।

    आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति दिने गरी तयारी पूरा भएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिनुभयो । जनकपुर र विराटनगरमा सेवा गरेसँगै सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको महानिर्देशक आचार्यको भनाइ छ ।

    श्रम मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन भौतिक रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने र विभिन्न झन्झट हुने समस्या हटाई अनलाइनबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने मधेश प्रदेश र प्रदेश १ का नागरिकलाई आआफ्ना प्रदेशका श्रम रोजगार कार्यालयबाट सबैखाले श्रम स्वीकृतिका सेवा लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

    सबै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना गरी क्रमिक रूपमा सेवा दिन थालिएको थियो । अन्य प्रदेशका कार्यालयबाट सबै सेवा सञ्चालन हुन थाले पनि प्रदेश १ र मधेश प्रदेशमा जनशक्ति अभावका कारण यो सेवा सुरु हुन सकेको थिएन ।

    सचिव अर्यालका अनुसार वैदेशिक रोजगार कार्यालय गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलबाट गएको असोजदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा दिँदै आएको छ । यसैगरी कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक आचार्यले जानकारी दिनुभयो । बागमती प्रदेशमा ताहाचलस्थित श्रम तथा रोजगार कार्यालयबाट सेवा प्रदान हुँदै आएको छ ।

    कम्प्युटर प्रणालीबाट नै निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली भएकाले समयमै आवेदन नदिने र अन्तिम समयमा श्रम स्वीकृति लिन खोज्दा समस्या हुँदै आएको छ । त्यसैले श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन दिएर बिनाझन्झट सेवा लिन मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिल्लो समय श्रम मन्त्रालय र यस मातहतका निकायबाट प्रदान हुने सेवालाई छिटो र सरल रूपमा लिन मिल्ने गरी अनलाइन प्रणालीको विकास गरिएको जनाइएको छ ।

    सबैखाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनमार्फत नै प्रदान हुन्छ । पुनः श्रम स्वीकृतिदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट मात्र प्रदान हुन्छ । श्रम स्वीकृति लिनका लागि कोही पनि कार्यालयमा गएर लाइन लाग्न पर्दैन।   गोरखापत्र अनलाइनबाट

  • रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • श्रम
  • श्रम स्वीकृति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र

  • बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा

  • टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला

  • भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

  • समाचार
  • १

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • २

    बाढीपहिरोबाट अबरुद्ध बिपी राजमार्ग अस्थायी ट्रयाक निर्माण गरी सञ्चालनमा
    २०८२ आश्विन २५, शनिबार

  • ३

    टिकटक भिडियो बनाउन खोलामा हाम फालेका युवक मृत फेला
    २०८२ आश्विन २४, शुक्रबार

  • ४

    भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार
    २०८२ आश्विन २४, शुक्रबार

  • ५

    टी-२० विश्वकप छनौटमा आज नेपाल र जापानबीच खेल हुँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ६

    आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
    २०८२ आश्विन २४, शुक्रबार

  • ७

    यी दुई प्रदेशका पहाडी भू-भागमा बर्षाको सम्भावना
    २०८२ आश्विन २४, शुक्रबार

  • ८

    रजिष्ट्रार थपलिया सचिवमा बढुवा, न्याय परिषद पदस्थापन
    २०८२ आश्विन २३, बिहिबार

  • ९

    हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्छ- सञ्चारमन्त्री खरेल
    २०८२ आश्विन २३, बिहिबार

  • १०

    सरकार म र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर लागि परेको छ: ओली
    २०८२ आश्विन २३, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution