• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ श्रावण ७, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

कार्यालयलाई सुधारको एक्सप्रेस रोडमा गति दिंदै प्रमुख रजिष्ट्रार कृष्ण कुमारी श्रेष्ठ

२०८३ अषाढ ११, बिहिबार
२

छोराको कुटपिटबाट आमाको मृत्यु

२०८३ अषाढ १३, शनिबार
३

पोल्याण्ड पठाउने भन्दै २३ लाख ठगी गर्ने देवचुलीका भगवत थारु पक्राउ

२०८३ अषाढ १२, शुक्रबार
४

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८३ अषाढ १२, शुक्रबार
५

भूकम्पमा परि मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

२०८३ श्रावण २, शनिबार
६

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

२०८३ अषाढ २८, आईतबार
७

पिउस मिनरल वाटरको ब्याच नं. एम३२६ प्रयोग तथा बिक्रीवितरण नगर्न कम्पनीको आग्रह

२०८३ अषाढ २७, शनिबार
८

यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य

२०८३ अषाढ १२, शुक्रबार
९

फिफाले गर्‍यो एन्फाको सदस्यता निलम्बन

२०८३ अषाढ ११, बिहिबार
१०

“असारे पानी साउने झरी” बोलको गीत बजारमा

२०८३ अषाढ १६, मंगलबार
११

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु , ७०० घाइते

२०८३ अषाढ ११, बिहिबार
१२

आरम्भ कलेजले बीएचएम र बीआईटिएममा पुनः जिल्ला टप्यो

२०८३ अषाढ १६, मंगलबार

यति एयरको विमानमा सवार ७२ कै मृत्यु, ६८ जनाको शव संकलन

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ २, सोमबार

kf]v/f, ! df3 M ljdfg leqsf ofq'sf] p2f/ ug]{ k|of; kf]v/fdf b'3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq' lgsfNg] k|of; ub}{ ;'/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

  • ३४२ पटक पढिएको
  • पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

    पोखरामा कहालीलाग्दो हवाई दुर्घटना

    काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।

    विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन् । विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

    विमानमा सवार हुनेमा किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जीतेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काप्mले, सीताकुमारी खड्का थिए । यस्तै, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना थिए ।

    विदेशी नागरिकमा मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बन्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे थिए । शिशुहरूमा कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा थिए । अन्य २ शिशुको नाम खुलेको छैन ।

    १३ जनाको सनाखत
    शव भेटिएमध्ये १३ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)को शवगृहमा राखिएको शवमध्ये परिवारका सदस्य तथा आफन्तले गरेको पहिचानमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा.सोना दिवाकर, रियान पौडेल, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, कोरियन नागरिक यु क्युन घुल, युन्जु मेन हुन् । अन्यको सनाखत हुन बाँकी छ ।

    पहिचान भएका शव सोमबार मात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइनेछ । अस्पताल परिसरमा भने मृतकका परिवारजन, आफन्त र शुभचिन्तकको दिनभर रुवावासी चलेको थियो ।

    उद्धारमा कठिनाइ
    सेती खोंचमा विमान दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको छ । त्यसमाथि मानिसको अत्यधिक भीडले उद्धारकर्तालाई कठिनाइ भएको थियो । सुरक्षाकर्मीसहित एम्बुलेन्स, दमकल र स्थानीय उद्धारमा दिनभर खटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत सेती नदीमा परिचालन गरिएको थियो । उद्धार कार्यमा क्रेनको समेत प्रयोग गरिएको थियो ।

    पत्रकार पौडेल रहेनन्
    जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार पौडेल प्रेस सेन्टरका उपाध्यक्षसमेत हुन् ।
    प्रेस सेन्टरको सचिवालय बैठकमा सहभागी हुनका लागि उनी काठमाडौं गएका थिए । उनको पाइन्टमा रहेको बालेट र परिचयपत्रका आधारमा शव सनाखत भएको हो । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका ३७ वर्षीय पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । पर्वत स्थायी घर भई हाल पोखरा ११, फूलबारी बस्ने उनका श्रीमती र एक छोरा छन् ।

    दुर्घटनामा बागलुङकी लोक तथा दोहारीगायिका निरा छन्त्यालको मृत्यु भएको छ । उनी पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन विमानमा सवार भएकी थिइन् ।

    यस्तै, दुर्र्घटनामा २ चिकित्सक दम्पतीसहित उनका छोराको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनका पति डा. सोना दिवारकको पनि निधन भएको हो । विमान दुर्घटनामा १० वर्षको छोराको पनि मृत्यु भएको हो । उनीहरू छुट्टी मनाउन पोखरा आउँदै थिए ।

    सोमबार शोक बिदा
    सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै २ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार शोकपूर्ण घटनाको सन्दर्भका शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    विमान एक्कासि कोल्टियो र खस्यो : प्रत्यक्षदर्शी विवेक क्षत्री
    पर्वतको फलेबास, कुर्घा घर भई हाल म पोखरामा बस्दै आएकोे छु । म सवारीचालक हुँ । आइतबार बिहान साढे १० बजे म कामविशेषले रामबजारदेखि कारमा फर्किंदै थिएँ । पोखराको चाइनापुल (पृथ्वीचोक) आइपुग्दा आकासमा जहाज देखें ।

    आज किन यता जहाज आयो भनी मनमा खुल्दुली पस्यो । जहाजको अवस्था हेर्दा त्यति राम्रो लागेन । टाढैबाट भए पनि जहाजको एकातिरको पंखा नचलेको देखे । जहाज एक्कासि मोड लिँदै हुत्तिँदै गयो ।

    जहाज कता गयो भनी मैले कार चाइनापुलदेखि स्यालदुलेतिर मोडें । चोरसाँघु नजिक सीतारामको पुल नआउँदै जहाज फरक्कै फर्किएर दुर्घटनाग्रस्त भएको देखें । आगोको मुस्लोले पुरै ठम्याउन सकिएन । त्यहाँ पुग्ने स्थानीयबाहेक म नै पहिलो थिएँ ।

    जहाजको पखेडा वारिपट्टि थियो भने ठोक्किएर पारिको भित्ता (सेतीपारि) दुर्घटनाग्रस्त भएको थियो । त्यहाँ जम्मा भएका केही मानिसहरू आगो निभाउनपट्टि लागे । तत्काल पानी थिएन । स्याउला टिपेर निभाइयो । वारिपट्टिको आगो भने नियन्त्रणमा लिन सकियो । तर, जहाज नै खसेको स्थानमा तत्काल जान सकिएन ।

    दुर्घटना भएको करिब १० मिनेटपछि दमकल, एम्बुलेन्स, पानीको गाडी साइरन बजाउँदै आउन थाले । क्रमशः त्यहाँ मानिसको भीड बाक्लिँदै गयो । उद्धारकर्तालाई समेत उद्धारमा कठिनाइ भएको थियो । गाडी सिधैं छिराउन सक्ने अवस्था थिएन । पहिलोपटक यस्तो ठूलो जहाज दुर्घटनाको साक्षी भइयो । राजधानी दैनिकबाट

  • यती एयरको विमान दुर्घटना
  • यती एयरलाइन्स
  • सार्वजनिक बिदा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या

  • गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

  • अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो

  • भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु

  • समाचार
  • १

    श्रीमतीको हत्या गर्ने श्रीमानले गरे आत्महत्या
    २०८३ श्रावण ७, बिहिबार

  • २

    गण्डकी सहितका पाँच प्रदेशमा भारी बर्षाको सम्भावना
    २०८३ श्रावण ७, बिहिबार

  • ३

    अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैँया बढ्यो
    २०८३ श्रावण ६, बुधबार

  • ४

    भारतमा निर्माणाधीन सुरुङ भत्किँदा २० श्रमिकको मृत्यु
    २०८३ श्रावण ६, बुधबार

  • ५

    विपी कोइरालाको ४४औँ स्मृति दिवस मनाइदै
    २०८३ श्रावण ६, बुधबार

  • ६

    गण्डकी सहित चार प्रदेशका पहाडी भू-भागमा भारी बर्षा हुने
    २०८३ श्रावण ६, बुधबार

  • ७

    बझाङ केन्द्रविन्दु भएर बिहानै भू-कम्पको धक्का
    २०८३ श्रावण ६, बुधबार

  • ८

    नेपाल नामिबियासँग ८ विकेटले पराजित
    २०८३ श्रावण ५, मंगलबार

  • ९

    वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय
    २०८३ श्रावण ५, मंगलबार

  • १०

    भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
    २०८३ श्रावण ५, मंगलबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution