• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन १, बुधबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
२

कावासोतीमा नेटवर्किङ बिजनेश माध्यमबाट ठगी गर्ने ५ जना पक्राउ

२०८२ भाद्र ३, मंगलबार
३

काठमाडौँ जाँदै गरेको सरकारी गाडी गैंडाकोटमा दुर्घटना, २ जना घाइते

२०८२ भाद्र ९, सोमबार
४

चितवनमा अनियन्त्रित भई कार रुखमा ठोक्किँदा चालकको मृत्यु

२०८२ भाद्र १४, शनिबार
५

इम्बोस्ड प्लेट नम्बर जडान गर्न कति लाग्छ शुल्क ?

२०८२ भाद्र ४, बुधबार
६

देवचुलीमा अटो दुर्घटना: १ जनाको मृत्यु , ११ घाइते

२०८२ भाद्र १०, मंगलबार
७

गैंडाकोटमा एमाले वडा सभापती गौतमसहित २०० बढी रास्वपा प्रवेश

२०८२ भाद्र १५, आईतबार
८

टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु, एकको अवस्था गम्भीर

२०८२ भाद्र ८, आईतबार
९

सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन् – केपी ओली

२०८२ भाद्र २६, बिहिबार
१०

तीन प्रभावशाली कांग्रेस नेताले पार्टी छोडे

२०८२ भाद्र २४, मंगलबार
११

गुल्मीमा छल्दी खोलाले बगाएर एक जनाको मृत्यु

२०८२ भाद्र ६, शुक्रबार
१२

असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

२०८२ भाद्र ४, बुधबार

यति एयरको विमानमा सवार ७२ कै मृत्यु, ६८ जनाको शव संकलन

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ २, सोमबार

kf]v/f, ! df3 M ljdfg leqsf ofq'sf] p2f/ ug]{ k|of; kf]v/fdf b'3{6gfu|:t olt Po/nfoG;sf] hxfh leqsf ofq' lgsfNg] k|of; ub}{ ;'/IffsdL{ . tl:a/M /flwsf s+8]n÷/f;;

  • २४१ पटक पढिएको
  • पोखरामा आइतबार भएको कहालीलाग्दो हवाई दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ । यती एयरको एटीआर–७२–५०० दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६८ जनाको शव संकलन गरिएको छ । विमानमा चालक दलका ४ सहित ७२ जना यात्रु सवार थिए । अन्य ४ जनाको शव संकलनमा कठिनाइ भएको छ । नेपालको आन्तरिक हवाई उडानमा यति धेरै यात्रुको मृत्यु भएको यो पहिलो घटना हो । पोखराको यो घटनाले आइतबार सिंगो मुलुक नै शोकमय बन्न पुगेको थियो । सरकारले सो घटनाको शोकमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

    पोखरामा कहालीलाग्दो हवाई दुर्घटना

    काठमाडौंदेखि पोखरा उडेको यती एयरलाइन्सको ९एन–एएनसी, एटीआर–७२ ५०० वायुयान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५२ बजे सेती खोंचमा दुर्घटनाग्रस्त भएको थियो । काठमाडांैंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग सेती नदीको खोंचमा अन्तिम सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।

    विमान खसेको स्थान पुरानो विमानस्थलको पूर्वपट्टिको नेपाली सेनाको ब्यारेक पछाडि पर्छ । नयाँ विमानस्थलतर्फ ल्यान्ड गर्न मोडिएको अवस्थामा विमान दुर्घटनामा परेको स्थानीय बताउँछन् । विमानस्थलले अतवरणको अनुमति लिइसकेको अवस्थामा दुर्घटना भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार मौसमको समस्या नभए पनि विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

    विमानमा सवार हुनेमा किसान आचार्य, निशान्त आचार्य, शालिकराम आचार्य, सदाकत अलिमियाँ, पूर्णबहादुर गुरुङ, जीतेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काप्mले, सीताकुमारी खड्का थिए । यस्तै, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुशवाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रीता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चूर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना थिए ।

    विदेशी नागरिकमा मेरोल लभ, आयुरी ल्यागिन, भिक्टर ल्यागिन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बन्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेन्डर आइरिडोरे थिए । शिशुहरूमा कृष परियार, प्रसिद्धि पौडेल, आयुर्दी शर्मा, बेबी शर्मा थिए । अन्य २ शिशुको नाम खुलेको छैन ।

    १३ जनाको सनाखत
    शव भेटिएमध्ये १३ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)को शवगृहमा राखिएको शवमध्ये परिवारका सदस्य तथा आफन्तले गरेको पहिचानमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा.सोना दिवाकर, रियान पौडेल, सदाकत अलिमियाँ, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, कोरियन नागरिक यु क्युन घुल, युन्जु मेन हुन् । अन्यको सनाखत हुन बाँकी छ ।

    पहिचान भएका शव सोमबार मात्र आफन्तलाई जिम्मा लगाइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । पहिचान नभएका शवको डीएनए परीक्षण गरिने छ । त्यसका लागि शवको डीएनए सोमबार नै काठमाडौं पठाइनेछ । अस्पताल परिसरमा भने मृतकका परिवारजन, आफन्त र शुभचिन्तकको दिनभर रुवावासी चलेको थियो ।

    उद्धारमा कठिनाइ
    सेती खोंचमा विमान दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको छ । त्यसमाथि मानिसको अत्यधिक भीडले उद्धारकर्तालाई कठिनाइ भएको थियो । सुरक्षाकर्मीसहित एम्बुलेन्स, दमकल र स्थानीय उद्धारमा दिनभर खटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । उद्धारमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत सेती नदीमा परिचालन गरिएको थियो । उद्धार कार्यमा क्रेनको समेत प्रयोग गरिएको थियो ।

    पत्रकार पौडेल रहेनन्
    जहाज दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको पनि मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पत्रकार पौडेल प्रेस सेन्टरका उपाध्यक्षसमेत हुन् ।
    प्रेस सेन्टरको सचिवालय बैठकमा सहभागी हुनका लागि उनी काठमाडौं गएका थिए । उनको पाइन्टमा रहेको बालेट र परिचयपत्रका आधारमा शव सनाखत भएको हो । नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्षसमेत रहेका ३७ वर्षीय पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । पर्वत स्थायी घर भई हाल पोखरा ११, फूलबारी बस्ने उनका श्रीमती र एक छोरा छन् ।

    दुर्घटनामा बागलुङकी लोक तथा दोहारीगायिका निरा छन्त्यालको मृत्यु भएको छ । उनी पोखरा छन्त्याल समाजको कार्यक्रममा सहभागी हुन विमानमा सवार भएकी थिइन् ।

    यस्तै, दुर्र्घटनामा २ चिकित्सक दम्पतीसहित उनका छोराको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा. सुशील श्रेष्ठ र उनका पति डा. सोना दिवारकको पनि निधन भएको हो । विमान दुर्घटनामा १० वर्षको छोराको पनि मृत्यु भएको हो । उनीहरू छुट्टी मनाउन पोखरा आउँदै थिए ।

    सोमबार शोक बिदा
    सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै २ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सोमबार शोकपूर्ण घटनाको सन्दर्भका शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

    विमान एक्कासि कोल्टियो र खस्यो : प्रत्यक्षदर्शी विवेक क्षत्री
    पर्वतको फलेबास, कुर्घा घर भई हाल म पोखरामा बस्दै आएकोे छु । म सवारीचालक हुँ । आइतबार बिहान साढे १० बजे म कामविशेषले रामबजारदेखि कारमा फर्किंदै थिएँ । पोखराको चाइनापुल (पृथ्वीचोक) आइपुग्दा आकासमा जहाज देखें ।

    आज किन यता जहाज आयो भनी मनमा खुल्दुली पस्यो । जहाजको अवस्था हेर्दा त्यति राम्रो लागेन । टाढैबाट भए पनि जहाजको एकातिरको पंखा नचलेको देखे । जहाज एक्कासि मोड लिँदै हुत्तिँदै गयो ।

    जहाज कता गयो भनी मैले कार चाइनापुलदेखि स्यालदुलेतिर मोडें । चोरसाँघु नजिक सीतारामको पुल नआउँदै जहाज फरक्कै फर्किएर दुर्घटनाग्रस्त भएको देखें । आगोको मुस्लोले पुरै ठम्याउन सकिएन । त्यहाँ पुग्ने स्थानीयबाहेक म नै पहिलो थिएँ ।

    जहाजको पखेडा वारिपट्टि थियो भने ठोक्किएर पारिको भित्ता (सेतीपारि) दुर्घटनाग्रस्त भएको थियो । त्यहाँ जम्मा भएका केही मानिसहरू आगो निभाउनपट्टि लागे । तत्काल पानी थिएन । स्याउला टिपेर निभाइयो । वारिपट्टिको आगो भने नियन्त्रणमा लिन सकियो । तर, जहाज नै खसेको स्थानमा तत्काल जान सकिएन ।

    दुर्घटना भएको करिब १० मिनेटपछि दमकल, एम्बुलेन्स, पानीको गाडी साइरन बजाउँदै आउन थाले । क्रमशः त्यहाँ मानिसको भीड बाक्लिँदै गयो । उद्धारकर्तालाई समेत उद्धारमा कठिनाइ भएको थियो । गाडी सिधैं छिराउन सक्ने अवस्था थिएन । पहिलोपटक यस्तो ठूलो जहाज दुर्घटनाको साक्षी भइयो । राजधानी दैनिकबाट

  • यती एयरको विमान दुर्घटना
  • यती एयरलाइन्स
  • सार्वजनिक बिदा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जिज्ञासु परिश्रमी “दुर्गा तिवारी”का – गजल

  • विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

  • नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

  • आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?

  • समाचार
  • १

    जिज्ञासु परिश्रमी “दुर्गा तिवारी”का – गजल
    २०८२ आश्विन १, बुधबार

  • २

    विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे
    २०८२ आश्विन १, बुधबार

  • ३

    नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध
    २०८२ आश्विन १, बुधबार

  • ४

    आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्व ?
    २०८२ आश्विन १, बुधबार

  • ५

    यी चार प्रदेशमा आज भारी बर्षाको सम्भावना
    २०८२ आश्विन १, बुधबार

  • ६

    राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
    २०८२ आश्विन १, बुधबार

  • ७

    जेनजी आन्दोलनका क्रममा नवलपुरका ५० वटा भवन र ४३ सवारी साधनमा क्षति
    २०८२ भाद्र ३१, मंगलबार

  • ८

    दुई दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • ९

    जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ७३ पुग्यो
    २०८२ भाद्र ३१, मंगलबार

  • १०

    ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
    २०८२ भाद्र ३१, मंगलबार

  • नवलपुर बिशेष
    १

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    २

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ३

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ४

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ५

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ६

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ८

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution