२०८१ बैशाख १७, सोमबार
बिष्णु गौडेल,कावासोती। आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परि ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा सोमवार उहाँको फोटोमा फुल गुच्छा र अविरले श्रद्धान्जली अर्पण गरिएको हो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष समेत रहनु भएका पौडेलको निधनले पत्रकारिकता जगतले ठुलो क्षती ब्यहोर्नुपरेको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताउनु भयो ।
उर्जाशिल, क्षमतावान एक कुशल पत्रकार गुमाउनुपर्दा सिंगो नेपाली पत्रकारिता जगत मर्माहत बनेको बताउँदै उहाँले मृतक पौडेलप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना ब्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले त्रिभुवन पौडेलको निधनले पत्रकारितामा ठुलो क्षती भएको बताउनु भयो । श्रद्धाञ्जी सभामा जिल्लाका कृयाशिल पत्रकारहरुको उपस्थिति रहेका थियो ।
पत्रकार पौडेलको निधनप्रति जिल्ला शाखा नवलपुरले १३ दिनसम्म शोक पुस्तिका कार्यालयमा राख्ने नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले बताउनु भयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे