२०७९ चैत्र १६, बिहिबार
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी सोमबारदेखि आईपीओका लागि दर्खास्त खुला गर्ने भएको छ ।
प्रतिकित्ता सय रुपैयाँ दरको १७ लाख ४३ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । जारी पुँजी २ अर्ब १० करोड रहेको कम्पनीले त्यसको कुल १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्ने निर्णय गरेको थियो ।
जसमध्ये कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र कास्कीका बासिन्दालाई जारी पुँजीको ५ प्रतिशत अर्थात् १० लाख ५० हजार कित्ता बिक्री गरिसकेको छ ।
बाँकी रहेको २१ लाख कित्तामध्ये कम्पनीले १० प्रतिशत बराबरको २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरिसकेको छ । यसैगरी, २ प्रतिशत अर्थात् ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित राखेको छ ।
सामूहिक लगानी कोषका लागि पनि त्यसको ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता बिक्री गरी बाँडफाँटसमेत गरिसकेको छ । अब बाँकी १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधरणमा निष्कासन गरिने भएको हो ।
सो सेयर खरिदका लागि सर्वसाधरणले आगामी सोमबारदेखि चार दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ । राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे