२०८२ कार्तिक १८, मंगलबार
उनीहरुलाई मंगलबार बिहान यलुङ रि हिमालको बेसक्याम्पबाट हेलिकप्टरले उद्वार गरेको दोलखा प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएका चार जनामध्ये दुई विदेशी र दुई नेपाली रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
हिम पहिरामा परेका मृतक मध्ये फ्रान्सका आरोही क्यारल फुचसको पहिचान खुलेको प्रहरीले जनाएको छ । घाईतेमध्ये निमाग्याल्जेन शेर्पाको परिचय खुलेको छ ।
यलुङ रि हिमाल आरोहणका क्रममा हिम पहिरोमा पुरिएर ७ जना बेपत्ता भएको बताइएको छ । यलुङ रि आरोहण गरिरहेको अवस्थामा सोमबार बिहान ९ बजेतिर हिम पहिरो आएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे