• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक १७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
३

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
४

नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट

२०८२ आश्विन २९, बुधबार
५

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
६

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
७

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
८

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
९

हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

२०८२ आश्विन २७, सोमबार
१०

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
११

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
१२

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

२०८२ कार्तिक ३, सोमबार

आन्तरिक हवाई यात्रु ४० प्रतिशत घटे

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ १८, बुधबार

  • ३१० पटक पढिएको
  • पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या करिब ४० प्रतिशतले घटेको छ।

    यो बेला तराईका विभिन्न गन्तव्यमा लाग्ने हुस्सुले समयमा उडान नहुने समस्या सधैंको हो । यस्तै, जाडोमा सर्वसाधारणको गतिविधि पनि कम हुने गर्छ । यी दुवै कारण अघिल्ला वर्षहरुमा पनि यो बेला आन्तरिक हवाई यात्रुको संख्यामा कमी आउने गर्थ्यो । यी कारणसँगै यही माघ महिनामा पोखरामा भएको यतीको विमान दुर्घटनाले पनि हवाई यात्रु घटाउन ठूलो भूमिका खेलेको हो । पोखराजस्तो सुरक्षित स्थानमा अहिलेसम्मकै ठूलो हवाई दुर्घटना भएपछि आम सर्वसाधारणमा बस नै पो ठिक हो कि भन्ने भावना जागृत भएको छ । यही कारण विगतमा हवाई यात्रामा निस्कनेहरुको रोजाइ अहिले बस वा साना सवारीसाधन बनेका छन् ।

    आन्तरिक हवाई यात्रुको पछिल्लो तथ्यांकले पनि यस्तै संकेत गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अधिकारी र वायुयान सञ्चालकहरुले प्रतिकूल मौसमका साथै हवाई दुर्घटनाको डरले यात्रु घटेको अनुमान गरेका छन् । विगतमा दैनिक औसत १३ हजार जनासम्म आन्तरिक हवाई यात्रुले काठमाडौं विमानस्थलबाट उडान तथा अवतरण गर्ने गरेकामा अहिले यो संख्या ८ हजार हाराहारीमा झरेको छ । यो साढे ३८ प्रतिशतको कमी हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हवाई दुर्घटना भएपछिका केही साता यात्रु संख्या धेरै घटेकामा अहिले विस्तारै बढेको छ । “पछिल्लो समय भएको हवाई दुर्घटनाले यात्रुमा एक किसिमको त्रास बढाएको छ । यही बेला मौसममा पनि फेरबदल आएकाले तराईका विमानस्थलमा समयमा उडान नहुने समस्या छ,” उनले कारोबारसँग भने, “यही कारण आन्तरिक हवाई यात्रुको संख्यामा कमी आएको हो । तर, यो संख्या विस्तारै बढ्ने क्रममा छ ।”

    निजी हवाई सेवा कम्पनी बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने हवाई यात्रु घट्नुमा भिन्न कारण देखाए । उनका अनुसार गत आठ–नौ महिनायता हवाई भाडामा वृद्धि भएसँगै यात्रुको संख्यामा कमी आएको छ । उनले भने, “पछिल्लो समय हवाई दुर्घटना तथा मौसममा आएको प्रतिकूलता, जनवरी महिनामा हवाई यात्रुको संख्यामा आउने कमीले पनि यात्रुको संख्या घटेको हो ।” उनले पनि घटेको यात्रुको संख्या पछिल्लो समय क्रमशः वृद्धि हुने क्रममा रहेको दाबी गरे ।

    निजी वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार अहिले पर्यटकीय सिजन पनि नभएका कारण यात्रुको संख्या घटेको हो । पछिल्ला दिनमा भारतीय पर्यटकको रोजाइ हवाई सेवाभन्दा सडक मार्ग हुन थालेको बताइएको छ । उनले भने, “पछिल्लो समय हवाई यात्रुको संख्यामा कमी आएको भए पनि त्यो संख्या विस्तारै वृद्धि हुने क्रममा रहेको छ ।”

    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले हवाई दुर्घटनापछि यात्रुको संख्यामा कमी आएको सत्य भएको बताए । उनले पछिल्ला दिनमा यात्रु विस्तारै बढ्ने क्रममा रहेको भन्दै जुन गतिमा वृद्धि हुनुपर्ने हो त्यो भने नरहेको जानकारी दिए ।
    सरकारले हवाई इन्धनको मूल्यमा कमी गरेसँगै हवाई भाडामा पनि कमी आएको र आगामी दिनमा मौसममा सुधार भएपछि यात्रुको संख्या बढ्ने हवाई सेवा कम्पनीहरुको अनुमान छ ।

    त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार माघ महिनाअगाडि २ सय ५० सम्म उडान कार्यतालिका (उडान तथा अवतरण) हुने गरेकामा त्यो संख्या अहिले २ सय १० को हाराहारीमा हुने गरेको छ । विमानस्थल कार्यालयका अनुसार पुस ३० मा १ सय २१ उडान भर्ने (एकतर्फी) कार्यतालिका रहेको थियो भने माघ १७ (मंगलबार) १ सय ४ उडान भर्ने कार्यतालिका थियो । यो तथ्यांकअनुसार दैनिक १७ वटा उडान घटेका छन् ।

    आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको एउटा जहाज सञ्चालनमा छ भने बुद्ध एयरका १४ जहाज छन् । यस्तै यती एयरलाइन्सका ५, श्री एयरलाइन्सका ५, तारा एयरका ३, गुण एयरलाइन्सको १, सौर्य एयरलाइन्सका २, समिट एयरका ४, सीता एयरका २ विमानले काठमाडौं विमानस्थलबाट मुलकभरका करिब २ दर्जन विमानस्थलमा उडान भरिरहेका छन् । पहाडी भेगमा बुद्ध, सीता, समिट, तारा र नेवानिले उडान भरिरहेका छन् ।

    सरकारी तथ्यांकअनुसार सन् २०२२ मा आन्तरिक हवाई यात्रुको संख्या बढेको छ । यो वर्ष ४४ लाख ६६ हजार १ सय ५२ जना यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानमास्थलको आन्तरिक टर्मिनलबाट उडान तथा अवतरण गरेका थिए, जुन हालसम्मकै अधिक हो । आन्तरिकमा गत वर्ष उडान तथा अवतरण गरेर दैनिक ३ सय उडान हुने गरेको थियो । उपत्यकाबाट दैनिक साढे ७ हजार यात्रु उडान भरिरहेका थिए भने सोही संख्यामा यात्रुले उपत्यकामा अवतरण गर्ने गरेका थिए ।

    काठमाडौंमात्र होइन, मोफसलका विमानस्थलमा समेत यात्रुको संख्या घटेको छ । कारोबार दैनिकका बारा संवाददाता प्रकाश लम्सालका अनुसार सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएका निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेका हुन् । चालू उडानले समेत पूरा यात्रु नपाएपछि निजी विमान कम्पनीले उडान संख्या अझै घटाउन सक्ने अवस्था बन्दै गएको छ । यसअघि नियमित हवाई यात्रा गर्ने यात्रुहरू बस, सुमो र भाडाका सवारी प्रयोग गरी राजधानी जाने क्रम भने बढेको यातायात व्यवसायीहरू बताउँछन् । कारोबार दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा

  • अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर

  • अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत

  • राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • समाचार
  • १

    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहिद घोषणा
    २०८२ कार्तिक १७, सोमबार

  • २

    अकुत सम्पत्ति कमाएका वन अधिकृतविरुद्ध मुद्धा दायर
    २०८२ कार्तिक १७, सोमबार

  • ३

    अनिल अम्बानीको ३ हजार ८४ करोड भारु बराबरको सम्पति जफत
    २०८२ कार्तिक १७, सोमबार

  • ४

    राजदूत फिर्ता बेलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
    २०८२ कार्तिक १७, सोमबार

  • ५

    राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै
    २०८२ कार्तिक १७, सोमबार

  • ६

    यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना
    २०८२ कार्तिक १७, सोमबार

  • ७

    १५ दिनभित्र माग पुरा गर्ने प्रतिबद्धतापछि बञ्चरेडाँडा फोहोरको अवरोध हट्यो
    २०८२ कार्तिक १६, आईतबार

  • ८

    ‍बसको ठक्करबाट अटो रिक्सामा सवार एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    २०८२ कार्तिक १६, आईतबार

  • ९

    गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी
    २०८२ कार्तिक १६, आईतबार

  • १०

    सर्को तानेको बेलामा केही पनि नबोल्नु र नलेख्नू – शिक्षामन्त्री महावीर पुन
    २०८२ कार्तिक १६, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution