२०८१ बैशाख २६, बुधबार
काठमाडौं । माघ ८ गते तनहुँबाट शुक्लगण्डकी नगरपालिका २ हलेदीमा भएको दुर्घटनामा परि स्कुटरमा सवार आाको मृत्यु भएपछि स्कुटरको चालक रहेकी छोरीलाई जेल सजाय भएको छ । ग ९ प ५६४९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बा २ क ६२१९ नम्बरको टिपरले ठक्कर दिएपछि आमाछोरी नै घाइते भएकोमा उपचारका क्रममा आमाको मृत्यु भएपछि छोरीलाई सवारी ज्यान मुद्धामा जेलको सजाय भएको हो ।
उक्त दुर्घटनामा परेर पोखरा महानगरपालिका वडा नम्बर ३३ की वडा सदस्य लीलादेवी नेपाली र उनकी आमा घाइते भएका थिए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा छोरी लिलादेवी निको भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो भने माघ १७ गते उनकी आमाको निधन भएको थियो ।
लिलादेवीले सवारी चालक अनुमपित्र बेगर नै स्कुटर चलाएको भन्दै तनहुँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सजाय माग गरी मुद्दा चलाइएको थियो । आमाको मृत्युमा टिपरको ठक्कर मूल कारण भए पनि सवारी चालक अनुमति पत्र नलिई स्कुटर चलाएका कारण छोरीलाई समेत सवारी ज्यान मुद्दा दायर हुँदा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो । आर्थिकन्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे