• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २६, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

जेनजी समुहका सुदन गुरुङ राष्ट्रपति निवास पुगे

२०८२ भाद्र २७, शुक्रबार
१२

रास्वपा सभापति रवि लामिछाने कारागार फर्किने तयारीमा

२०८२ भाद्र २७, शुक्रबार

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत भए पुग्ने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ फागुन ३, बुधबार

  • २२० पटक पढिएको
  • बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र  मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो।

    यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक गत पुस २० गतेबाट गरी तीन पटकसम्म लाइसेन्सको ट्रायलमा नयाँ अङ्क भार प्रणाली अर्थात् ७० प्रतिशत अङ्क भारको नयाँ नियम लागू गर्न निर्णय गरी कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको अवस्थामा मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो।

    पछिल्लो पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रणालीको उपयोगिता र कसरी लागू गर्ने सुझावसहित प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्न निर्देशन दिएपछि समितिको सुझावअनुसार नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले समितिले नयाँ प्रणाली फागुन १ गतेबाटै लागू गर्ने निर्णय भएकोमा सार्वजनिक बिदाका कारण मङ्गलबारबाट कार्यान्वयनमा आएको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए उत्तीर्ण हुने व्यवस्था लागू गर्न मन्त्री र मुख्यमन्त्री दुवै सकारात्मक भएपछि कार्यान्वयन सम्भव भएको हो।” लाइसेन्सको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली कार्यान्वयन पटक–पटक रोकिएपछि प्रदेशका तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले मुख्यमन्त्री कार्यालयको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको थियो।

    सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली लागू गर्ने विषयमा तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहाल र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच विवादसमेत देखिएको थियो। प्रवक्ता पोख्रेलले मन्त्रालयले मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्क भार प्रणाली लागू गर्ने र अन्य सवारीसाधनका हकमा पुरानै प्रणाली लागू हुने बताउनुभयो।

    यसैबीच प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले लाइसेन्सको ट्रायलमा नयाँ व्यवस्थाको सुरुवात गर्नुभएको छ। मन्त्री श्रेष्ठले मङ्गलबार काठमाडौँको गुर्जुधारास्थित ट्रायल सेन्टरबाट लाइसेन्सको ट्रायलमा नयाँ व्यवस्थाको शुभारम्भ गर्नुभएको हो। लाइसेन्सका ट्रायल दिँदा सय नम्बरमा सय नै नम्बर ल्याउनुपर्ने बाध्यकारी व्यवस्था अवैज्ञानिक तथा अव्यावहारिक रहेकोले परिमार्जन गरी लागू गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो।

    उहाँले भन्नुभयो, “कुनै पनि परीक्षामा शत–प्रतिशत अङ्क ल्याउँदा मात्र उत्तीर्ण हुने व्यवस्था अव्यावहारिक रहेको र यसले यातायात क्षेत्रलाई नै समस्यामा पार्ने देखिएपछि ७० अङ्क ल्याए पुग्ने नयाँ व्यवस्था लागू गर्न प्राथमिकतामा राखेर काम अघि बढाएको र यो प्रणालीको सुरुवात गरिएको हो।” सानो त्रुटिमा पनि अनुत्तीर्ण गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै चालकहरूले अनियमित र अवैधानिक रूपमा लाइसेन्स निकाल्ने क्रम बढेको भन्दै अब लाइसेन्स वितरणमा रहेको ढिलाइलगायतका समस्या समाधान हुने उहाँले बताउनुभयो।

    नयाँ प्रणालीले सहज

    बागमती प्रदेशमा रहेका १२ वटा यातायात व्यवस्था कार्यालयमध्ये सवारीचालक अनुमति प्रदान गर्ने पाँचवटा कार्यालयबाट नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भएको छ। नयाँ व्यवस्था मोटरसाइकल, स्कुटर तथा मोपेडका हकमा मात्र लागू हुनेछ। प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडका चालकले घुमाउरो एट (आठ) आकारको अङ्कभार २० तोकिएको छ। उक्त एट आकारको रेखामा दुई पटकसम्म छोएमा प्रत्येक पटक पाँच अङ्कका दरले १० अङ्कभार घटे पनि परीक्षार्थी ट्रायलमा अनुत्तीर्ण भने हुने छैनन्।

    दुई पटक भन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरै पटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा अनुत्तीर्ण भएको घोषणा गर्ने व्यवस्था गरिएको छ। यसैगरी साँघुरो फलेकको अङ्कभार १० तोकिएको छ। फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछ। निर्देशिकामा यू टर्नको अङ्कभार १० तोकिएको छ। टर्निङ लाइट नबालेको खण्डमा १० अङ्क घटाइने र त्यस्तो अवस्थामा पनि अङ्कित रेखा छोएमा अनुत्तीर्ण हुने व्यवस्था रहेको छ। ट्रायल परीक्षामा ७० प्रतिशतको अङ्कभार ल्याएर उत्तीर्ण हुने व्यवस्थाले सवारी दुर्घटनाको जोखिम नबढ्ने जिकिर मन्त्रालयको छ। गोरखापत्रबाट

  • सवारीचालक अनुमतिपत्र
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

  • सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो

  • नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

  • रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा

  • समाचार
  • १

    युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित
    २०८२ आश्विन २६, आईतबार

  • २

    सिके राउतको जनमत पार्टी औपचारिक रुपमा फुट्यो
    २०८२ आश्विन २६, आईतबार

  • ३

    नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य
    २०८२ आश्विन २६, आईतबार

  • ४

    रातिमा मदिरा खाएर बाहिरका व्यक्तिहरु बस्तीमा पस्न थालेपछि राउटे समुदायले मागे सुरक्षा
    २०८२ आश्विन २६, आईतबार

  • ५

    विज्ञापन प्रकाशनमा अनियमितता गरेको आरोपमा नगरपालिका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर
    २०८२ आश्विन २६, आईतबार

  • ६

    सुपर सिक्समा आज एसोसियटको क्लासिको, नेपाल र युएइ आमने सामने
    २०८२ आश्विन २६, आईतबार

  • ७

    यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
    २०८२ आश्विन २६, आईतबार

  • ८

    माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
    २०८२ आश्विन २५, शनिबार

  • ९

    जेनजीलाई समेटदै सरकार विस्तार गर्दै प्रधानमन्त्री कार्की
    २०८२ आश्विन २५, शनिबार

  • १०

    पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृह ९ बर्षदेखि अलपत्र
    २०८२ आश्विन २५, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution