२०८१ बैशाख १४, शुक्रबार
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-४ काभ्रेली चोक स्थित भित्री सडकखण्डमा गएराती लु४त ३०४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाईते भएका सोही स्थानका अन्दाजी १३ वर्षीय बालक बविन क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको छ। ट्याक्टर चालक लक्ष्मण क्षेत्री र २८ वर्षीया महिला डुग्गी कुँवर क्षेत्री घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ। घाईतेको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर अनियन्त्रित भै स्थानीय गणेश प्रसाद बस्यालको घरमा ठोक्किन गएकोले घरमा केही क्षति भएको प्रहरीको भनाई छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे