२०८१ बैशाख १३, बिहिबार
नवलपुरको गैँडाकोटमा आइतबारदेखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ मा आज बुधबार चर्चित गायक राजु परियारको सांगीतिक प्रस्तुती रहेको छ।
मेलाको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक परियारसँगै पूर्णकला विसी र वसन्त लम्सालको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । बुधबारको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लम्सालको बताउनुभयो ।
प्रथम गण्डकी औद्योगिक व्यापार मेलामा मंगलबार चर्चित गायिका प्रिती आलेले दर्शको साथ पाएकी थिइन्। हिजो होलीसमेत परेका कारण आलेलाई साथ दिने दर्शकहरु नदीकिनारमा अत्यधिक सहभागी थिए । प्रितीले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई करिब दुई घण्टा मनोरञ्जन दिएकी थिइन् । मञ्चमा चढेपछि गीत गाउन सुरु गरेकी आलेले आफ्ना चर्चित लोक तथा दोहोरी गीतसँगै दोहोरी ब्याटल पनि गाएकी थिइन् ।
औद्योगिक व्यापार मेला जिल्लाको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा चैत १ गतेसम्म सञ्चालन हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे