२०७९ चैत्र १८, शनिबार
नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ मा आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी आउने भएका छन् ।
शुक्रबार महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी सहित सुशीला गौतम, आरुसी मगरलगायतका कलाकारको प्रसतुती रहने मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले बताउनुभयो।
हिजो बिहीबार साँझ स्टेज उक्लिएका कुलेन्द्रले सालको पातको टपरी हुनी, जलजला, रुमाल हल्लाइ हल्लाइ, डाँडै फुर्के सल्लोलगायतका गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यस्तै कार्यक्रममा कलाकारहरु कला लम्साल, दुर्गा सापकोटालगायतले पनि आफ्नो प्रस्तुती राखेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे