२०७९ चैत्र १८, शनिबार
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले दुई–दुई विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले एक–एक विकेट लिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे