२०८२ मंसिर ६, शनिबार
शनिबार सम्पन्न पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछाएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
कर्णालीको जितमा मार्क वाट शतकीय पारी खेल्दै ४४ बलमा ११४ रन बनाएका थिए ।
यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । जसमा कप्तान रोहित पौडेलले ४९ रनको पारी खेलेका थिए ।
यो कर्णालीको दोस्रो खेलमा पहिलो जित हो भने लुम्बिनीले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
एनपीएल अन्तर्गत आजै ४ बजे बिराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच खेल हुदैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे