२०७९ चैत्र १८, शनिबार
काठमाडौँ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको छ।
जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ।
यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे