२०८२ बैशाख ३०, मंगलबार
अर्थ मन्त्रालयका अनुसार सांसद भण्डारीलाई एयर एम्बुलेन्समार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ।
मन्त्रिपरिषदको गत फागुन ११ गतेको बैठकले सांसद भण्डारीलाई भारत लैजाँदा लागेको खर्चवापत ५५ लाख ८८ हजार एक सय ६४ रूपैयाँ सरकारले व्यहोर्ने निर्णय भएको हो।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी गम्भीर घाइते भएका थिए। उनको सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो। फागुन ४ गते उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो।
सांसद भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएको छ। उनलाई सामान्य आहार दिन थालिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे