२०८२ बैशाख ३०, मंगलबार
ईटाभट्टाबाट पोलेको ईंटा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाइतेहरू ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।
शव पोष्टमार्टमको लागि प्रदेशीक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईटा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना घाइते भएका थिए।
ईंटा उद्योगमा कार्यरत मजदुरहरुलाई समान्य सुरक्षाको व्यवस्थासमेत नमिलाउँदा पटक पटक दुर्घटनामा परि मजदुरहरु अङ्गभङ्ग हुनुको साथै ज्यान नै जाने गरेको छ। यसप्रति सरकोकारबालाहरूको ध्यान जान जरुरी रहेको स्थानीय बताउँछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे