२०८१ बैशाख १३, बिहिबार
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो ।
कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । त्यसमध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएका छन् भने १३ लाख ९३ हजार १५३ जना योग्य आवेदक परेका छन् ।
कम्पनीको शेयरमा मागभन्दा बढीको आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले शेयर वितरण गरेको हो । त्यस अनुसार ३ लाख ५८ हजार १७६ जनाले मात्रै शेयर पाएका छन् ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे