• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ आश्विन १७, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

२०८३ आश्विन ५, सोमबार
२

कामै नगरी सडक निर्माणको रकम भुक्तानी गर्ने ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८३ भाद्र २५, बिहिबार
३

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने

२०८३ भाद्र १९, शुक्रबार
४

गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्यायको निधन

२०८३ भाद्र १८, बिहिबार
५

एप्पलले सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने

२०८३ भाद्र १८, बिहिबार
६

सचिन बिमलीको स्वरमा ‘त्यो मनमा’ कभर गीत सार्वजनिक

२०८३ भाद्र २८, आईतबार
७

बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार वैकल्पिक सडक सञ्चालनमा

२०८३ भाद्र १९, शुक्रबार
८

सहसचिव मनमाया पंगेनीको तीज गीत ‘जाउँला माइत’ सार्वजनिक

२०८३ भाद्र २३, मंगलबार
९

च्यारिटी क्रिकेटले ल्याएको चेपाङ बालबालिकाको मुहारमा मुस्कान

२०८३ भाद्र २८, आईतबार
१०

रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता

२०८३ भाद्र २४, बुधबार
११

घुस लिएको आरोपमा गाउँपालिका उपाध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा दायर

२०८३ भाद्र ३१, बुधबार
१२

बालेनलाई अमरेशको चेतावनी- तपाइँ तासको पत्ता हो !

२०८३ भाद्र २५, बिहिबार

सेयर बजारमा ५० ब्रोकर कम्पनीको सिन्डिकेट तोडिँदै

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र २७, सोमबार

Broker touchscreen is operated by businessman.

  • ६२३ पटक पढिएको
  • काठमाडौं । धितोपत्र बजारमा विद्यमान ५० वटा ब्रोकर कम्पनीको एकाधिकार तोडिने भएको छ ।

    नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि एकाधिकार तोडिन लागेको हो ।

    नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट सर्वाेच्च अदालतको संयुक्त इजलासले खारेज गरेपछि नयाँ लाइसेन्सका लागि बाटो खुलेको हो ।

    अधिवक्ता दिपकविक्रम मिश्रले दायर गरेको रिटमाथि अनिलकुमार सिन्हा र सुष्मालताले सुनुवाइ गर्दै खारेज गरिदिएको हो । यसअघि यही मुद्दामा ४ कात्तिकमा सर्वोच्च अदालतले तत्काल नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    नयाँ ब्रोकरको लाइसेन्स वितरणको बाटो खुला

    अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता भएको थियो । संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेपछि संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ भएको हो ।

    यसअघिको पेसीमा हेर्दाहेर्दैमा परेको मुद्दा आइतबार सुनवाइ गर्दै सर्वाेच्चले रिट खारेज गरिदिएपछि अब बैंक वित्तीय संस्थालगायत अन्यले ब्रोकरका लागि आवेदन दिन सक्ने भएको छ ।

    धितोपत्र बोर्डले नियमावली संशोधन गरेको दुई दिनमा नै लाइसेन्स खुला गरेपछि अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्चमा रिट दायर गरेका थिए । सो मुद्दामा अदालतले तत्कालको लागि प्रक्रिया अघि नबढाउन अल्पकालीन आदेश दिएकाले फैसला नभएसम्म नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको प्रक्रिया अघि बढ्न सकेको थिएन ।

    धितोपत्र बोर्डले गत २ असोजमा नयाँ धितोपत्र बजार सञ्चालन तथा थप धितोपत्र दलाल र व्यापारीको अनुमतिपत्र प्रदान गर्ने’bout सूचना प्रकाशन गरेको थियो । त्यसपछि अधिवक्ता दीपकविक्रम मिश्र सीमित व्यापारिक घराना लाभान्वित हुने गरी योजनाबद्ध रूपमा नयाँ लाइसेन्स वितरण गर्न थालिएको भन्दै रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । असोज ३१ मा सर्वोच्चमा दर्ता सो निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै ४ कात्तिकमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गरी बोर्डले थालेको प्रक्रिया तत्कालका लागि रोकिदिएका थिए ।

    नेपाल धितोपत्र बोर्डले २६ भदौमा धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को दोस्रो संशोधन गरेको थियो । यसपछि प्राइभेट कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्न सक्ने व्यवस्था गरेको थियो ।

    यस्तै, ब्रोकर कम्पनीले ३० प्रतिशत सार्वजनिक निष्कासन गर्नुपर्ने र न्यूनतम चुक्ता पुँजी ५ करोडबाट बढाएर ३ अर्ब हुनुपर्ने व्यवस्था गरिएको थियो ।

    सेयर ब्रोकरलाई तीन भागमा वर्गीकरण गर्दै सीमित कार्य गर्ने ब्रोकरलाई २० करोड, पूर्ण कारोबार गर्ने ब्रोकरलाई ६० करोड र धितोपत्र व्यापारीलाई १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरिएको थियो ।

    आइतबार सर्वोच्चले रिट खारेज गरिदिएपछि सेयर लगानीकर्तामा पनि उत्साह देखिएको छ । सर्वोच्च अदालतले रिट खारेज गरेसँगै नयाँ लाइसेन्स वितरण गर्ने बाटो खुलेको र यसले बजारमा प्रतिस्पर्धा र पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

    यसअघि नै नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । नेपाल धितोपत्र बोर्डले २ असोजमा इच्छुक कम्पनीलाई आवेदन दिन माग गरेको थियो । इच्छुकमा ४५ वटा कम्पनीमध्ये ११ वटा वाणिज्य बैंकका सहायक कम्पनी रहेका छन् । नेप्सेका अनुसार आवेदन दिने बैंकमा हिमालयन बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, सानिमा बैंक, सनाइज बैंक र सेन्चुरी कमर्सियल बैंक रहेका थिए ।

    नयाँ धितोपत्र बजार र थप धितोपत्र दलाल र व्यापारीको अनुमतिपत्रको व्यवस्था गर्न गरिएको संशोधनमाथि भने सर्वोच्च अदालतले रिट खारेज गर्दै प्रश्न उठाएको छ । यस्तो संशोधन दुई दिनको अन्तरालमा सरकारले रातारात गरेको प्रति सर्वोच्चले प्रश्न उठाएको हो ।

    सार्वजनिक भएको आदेशको बुँदा नम्बर १९ मा भनिएको छ, ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ मा भइएको चौथो संशोधन भएको दुई दिनको अन्तरालमा पाँचौं संशोधन गरिनेको औचित्य पुष्टि हुन सकेको छैन ।’

    सर्वोच्चको फैसलाको १९ नम्बर बुँदामा उल्लेख छ, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ जारी हुँदा के कस्तो अनुभव, अनुसन्धान र विश्लेषणपश्चात् त्यसको आवश्यकता देखिएको थियो र दुई दिनभित्रै अर्को संशोधन गर्नुपर्ने कस्तो बाध्यता वा अपरिहार्यता देखिन आएको हो भन्ने विषयमा जिज्ञासा अवश्य नै हुनु स्वाभाविक देखिन आउँछ । यो सुशासनसँग सम्बन्धित विषय पनि हो । यस्ता संशोधन आत्मनिष्ठ, कुनै स्वार्थ समूहको पहल, व्यक्तिगत धारणा वा अजमायसी आधारमा हुने होइन, स्वाभाविक आवश्यकताअनुसार वस्तुनिष्ठ एवं समयसापेक्ष हुन आवश्यक हुन्छ भन्ने सम्बन्धमा विवाद हुन सक्दैन ।’

    ‘दीर्घकालसम्म देशको आर्थिक क्षेत्रमा प्रभाव पर्न सक्ने यस्ता विषयमा कुनै व्यक्ति, समूह वा वर्गको प्रभावमा वा स्वार्थपूर्तिको लक्ष्य राखी गरिने कुनै पनि यस प्रकृतिका निर्णय वा कार्यको न्यायिक परीक्षण हुन सक्छ ।’

    २०५० सालमा ३२ ब्रोकर कम्पनीलाई अनुमति दिइएको थियो । जसमा नौवटाले काम गर्न छाडेपछि २३ वटा ब्रोकर कम्पनीले सेवा थाल्दै गर्दा २०६८ सालमा २७ वटा थपिएको थियो । दैनिक कारोबार १ करोडको हाराहारीमा रहेको बेला ५० वटा कम्पनी रहेकोमा अहिले दैनिक १ अर्बभन्दा बढीको कारोबार भइसकेपछि ब्रोकरको संख्या बढाउनुपर्ने र शाखा विस्तार गर्नुपर्ने माग उठ्दै आएको थियो ।

    लगानीकर्ताको पनि लाखबाट अहिले ५० लाखको हाराहारीमा पुगिसकेकाले ब्रोकर बढाउनुपर्ने दबाब धितोपत्र बोर्डलाई पर्दै आएको थियो । राजधानी दैनिकबाट

  • धितोपत्र बजार
  • ब्रोकर कम्पनी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

  • नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

  • भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त

  • प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक

  • समाचार
  • १

    काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत
    २०८३ आश्विन १७, शनिबार

  • २

    नयाँ बसपार्कमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
    २०८३ आश्विन १७, शनिबार

  • ३

    भरतपुर अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त
    २०८३ आश्विन १६, शुक्रबार

  • ४

    प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक
    २०८३ आश्विन १६, शुक्रबार

  • ५

    तटबन्धले जोगायो गैँडाकोटको बस्ती
    २०८३ आश्विन १६, शुक्रबार

  • ६

    हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता
    २०८३ आश्विन १६, शुक्रबार

  • ७

    सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
    २०८३ आश्विन १५, बिहिबार

  • ८

    नेपालले साफ च्याम्पियनसिपमा भाग लिन नपाउने निश्चित
    २०८३ आश्विन १५, बिहिबार

  • ९

    निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
    २०८३ आश्विन १५, बिहिबार

  • १०

    आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै
    २०८३ आश्विन १५, बिहिबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution