• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

बजारमा म्याद नाघेका बर्डवाइजर बियर

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० बैशाख ४, सोमबार

  • ४२० पटक पढिएको
  • काठमाडौं । एक त बियर स्वास्थ्यका लागि लाभदायक छैन, त्यसमाथि म्याद नाघेको बियर अनायास खाइयो भने के होला ?

    नयाँ वर्षको साँझ रिसोर्ट, रेस्टुरेन्ट, स्टोरमा बियर खाँदै जाँदा कतिले थाहा नै पाएनन् होला आफूहरूले सेवन गरेको बियर त म्याद नाघेको रहेछ भनेर ।

    तपाईं रेस्टुरेन्ट वा रिसोर्टमा जाँदाखेरि बियर सिसीमा सर्भ नगरीकन गिलासमा सर्भ गर्नुको एउटा कारण ग्राहकलाई झुक्याएर म्याद नाघेको बियर खुवाउनु रहेको एक वेटरले बताए ।

    गत वर्षबाट बजारमा आउन थालेको बर्डवाइजर बियर गर्मीसँगै र नयाँ वर्षको साँझमा माग बढेपछि विक्रेताले यसरी नै झुक्याएर म्याद नाघेको बियर खुवाएको थिए ।

    प्रशासन मौन, कम्पनी फिर्ता लान मान्दैन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत महिना मात्रै उपत्यकाका विभिन्न ठाउँबाट करिब ८३ लाख रुपियाँको म्याद सकिएका बियर बरामद गर्दा बर्डवाइजर बियर पनि परेको थियो । तर, बर्डवाइजर बजारबाट बियर फिर्ता नलगी विक्रेतालाई म्याद नाघेको बियर बिक्री गर्न लगाएको जाउलाखेल डिस्टिलरीका एक कर्मचारीले बताए ।

    पार्टीको सिजन चलिरहेकाले र नयाँ वर्ष आउन लागेकाले कम्पनीले चलाखीपूर्ण तवरले व्यापार गरेको उनले बताए । जाउलाखेल डिस्टिलरीको भ्रातृ कम्पनीका रूपमा राज ब्रुअरीले विश्व प्रसिद्ध बियर बर्डवाइजरको उत्पादन गत वर्षबाट थालेको थियो ।

    उत्पादनको एक वर्षमा नै म्याद नाघेको बियर उठाउँदा विक्रेतामा नराम्रो छाप पर्ने भएकाले कम्पनीले फिर्ता नलाने वा आलटाल गर्ने नीति अपनाएको बताइएको छ ।

    बजारमा नयाँ वर्षको साँझ बियरको खपत अत्यधिक भएपछि म्याद नाघेको बियर पनि भटाभट बिक्री गर्न कम्पनीले उक्साएको थियो ।

    म्याद नाघेको बियर सेवनकै कारण मुटुमा जलन भएको, छाती पोलेको, पेट दुखेको, घाँटी दुखेको, अपच भएको र बान्ता भइराख्ने समस्या लिएर बियर सेवन गर्नेहरू अस्पताल धाउन थालेका थिए ।

    नर्भिक इन्टरनेसनल अस्पतालमा भेटिएका एक बिरामीले भने, ‘अस्ति केके बियर खाइयो, खाइयो भनेपछि थाहा भयो बर्डवाइजर बियर खाइएको रहेछ अहिले स्वास्थ्यमा समस्या छ ।’

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत फागुन ३ गते सिनामंगलमा म्याद सकिएका बर्डवाइजर ब्रान्डका बियर बरामद गरी गोदाममा सिलबन्दी गरी थप अनुसन्धान गरेको थियो ।

    भोजभतेर तथा कतिपय रात्रिकालीन रेस्टुरेन्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेय पदार्थको कारोबार भएको भन्ने गोप्य उजुरीका आधारमा विभागले छापा मारेको थियो ।

    तर, पनि कम्पनीले चनाखो नराखिकन जानाजान अन्य क्षेत्रमा म्याद गुज्रेको बियरको रात्रिकालीन समयमा बिक्री वितरण गरेको थियो ।

    बियरका हरेक गोदाममा अनुगमन गर्दा उपभोग्य म्याद सकिएका बियरका कार्टुन भेटिएको विभागले जनाएको छ ।

    विभागको प्रारम्भिक अनुसन्धानका क्रममा उजुरीमै आएजस्तै विवाह र अन्य रात्रिकालीन भोजभतेरमा पठाउनका लागि ती बियर भण्डारण गरेर राखेको हुन सक्ने अनुमान गरिएको विभागका निर्देशक कमलप्रसाद भुसालले जानकारी दिए ।

    सोबेलाको म्याद गुज्रेको बियर पाहाँ च¥हे, नयाँ वर्ष, बिस्का जात्रामा बिक्री गरेको पाइएकोमा बाँकी रहेको बियर वैशाखको बिहे लगनको पार्टीमा राख्न सक्ने उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

    बियरका डिलर तथा गोदाम सञ्चालकले भने म्याद सकिएका बियरको नष्ट गर्ने उपयुक्त स्थान खोजी गरेर फाल्नेगरी गोदाममा राखेको दाबी गरेका छन् तर भण्डारणको अवस्था हेर्दा नष्ट गर्नेगरी राखेको अवस्था नदेखिएको विभागले जनाएको छ ।

    विभागले डिलर तथा गोदाम सञ्चालकले भनेका कुरालाई मात्रै आधार नमान्ने त्यस्ता सम्भावित भोजभतेर हुने ठाउँको पनि आकस्मिक अनुगमन गर्ने दाबी गरेको छ । त्यस्तो फेला परेको खण्डमा कानुनअनुसार कारबाही हुने बताएको छ ।

    उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार उपभोग्य मिति सकिएका वस्तुको बिक्री तथा भण्डार गरेको पाइएमा निजलाई विभागको महानिर्देशकको रोहबरमा ३ लाख रुपियाँ जरिमानासहित मुद्दा चलाउन सक्ने व्यवस्था छ ।

    म्याद सकिएका उपभोग्य वस्तु उपभोगमा विषाक्त हुने भएकाले यस्ता वस्तु उपभोग गर्दा सुरुमा सामान्य झाडाबान्ता हुने र दीर्घकालमा यसले स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सक बताउँछन् ।

    जाउलाखेल डिस्टिलरीले बजारमा ल्याएको बर्डवाइजरको व्याच नम्बर ६००५२ ई, ६०६६ एफलगायतका ब्याचका म्याद गुज्रिएको बियर अहिले राजधानीसहित प्रमुख सहरमा अहिले पनि बिक्री वितरण भइरहेको छ ।

    गत बिहीबार, शुक्रबार र शनिबार राजधानीका केही रेस्टुरेन्ट र स्टोरमा सो बियरको विषयमा खोजीनीति गरी म्याद हेर्दा गुज्रिएका बियर बिक्रीमा राखिएको पाइएको थियो ।

    बागबजारको सिटी होटल, स्वयम्भूको इभेन्ट प्वाइन्ट, ठमेलको थर्ड आइ, कलंकी प्रेसिडेन्ट सेकुवा, विभिन्न मदिरा पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका बियर पाइएको थियो ।

    शुक्रबार र शनिबार बजार अनुगमन गर्दा अप्रिलको पहिलो हप्ता म्याद गएका बियर अहिले बजारमा जताततै उपलब्ध गराएको पाइएको छ ।

    नवलपरासीको रामग्राम नगरपालिका ६ मा उत्पादन हुने राज ब्रुअरीका सञ्चालक राजबहादुर शाहसँग पटकपटक सम्पर्क गर्दा भने उनी सम्पर्कमा आउन चाहेनन् । पुराना कारको संकलन गर्ने र लग्जरी गाडीका सोख राख्ने शाहले जनताको स्वास्थ्यमाथि खेलबाड गर्दा पनि सरकारी निकाय भने मौन भएर बसेको छ । अहिले सो कम्पनीबाट उत्पादित बियरमध्ये ३५ प्रतिशत बढी म्याद गुज्रिएका बियर बजारमा रहेका छन् ।

    १ सय ४७ वर्षअघि अमेरिकाको मिसौरीको सेन्ट लुइसमा बर्डवाइजर बियर स्थापना भएको थियो । विश्वका अधिकांश देशमा सो बियर बिक्री वितरण हँुदै आएको छ । नेपालमा जाउलाखेल डिस्टिलरीले ब्रान्ड किनेर नेपालमा नै उत्पादन गर्दै आएको छ ।

    उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले नेपालमा स्थापना भएका मदिराजन्य कम्पनीले उपभोक्तालाई ठगी गर्दै आएकाले उनीहरूलाई मुलुकी अपराध संहिताको ठगी महलअन्तर्गत मुद्दा चलाउनुपर्नेमा उपभोक्ता संरक्षण ऐन २०७५ मा ठगी खानेहरूलाई उन्मुक्ति दिन खोजिएको बताए ।

    उनले भने, ‘सो ऐनमा म्याद गुज्रिएको सामान बजारमा भए जफत गर्ने र कम्पनीलाई ३ लाखसम्म जरिमाना गराउने व्यवस्था भएकाले कम्पनीलाई ३ लाख जरिमाना तिर्नु ठूलो कुरा होइन ।’ राजधानी दैनिकबाट

  • बर्डवाइजर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • २

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ७

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ९

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • १०

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution