२०८० जेष्ठ २२, सोमबार
तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ३४२२ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १५९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १०९० मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।
जसमा नेकपा समाजवादीका उम्मेदवार गणेश श्रेष्ठले हालसम्मको मतगणनाअनुसार जम्मा १ मत पाएका छन् । यस्तै नेमकिपाका रामप्रसाद पराजुलीले २ मत पाउँदा नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले १३ मत पाएका छन् ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १३ मत पाउँदा राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले पनि १३ मत पाएका छन् । यसैगरी राप्रपाका शोभा गुरुङले २३ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे