२०८२ अषाढ २९, आईतबार
आज गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि उक्त प्रदेशमा भारी वर्षा भएको मौसमविद् श्रेष्ठले बताए । “गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना छ, तर यो थोरै समय अर्थात् एकदेखि दुई घण्टा मात्रै वर्षा हुनेछ”, उनले भने ।
बाँकी प्रदेशका पहाडी भूभाग विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मोसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईको केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ । पश्चिमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भूभाग सुक्खा रहेका छन् ती भूभागमा वर्षाको सम्भावन नरहेको मौसमविद् श्रेष्ठले बताए ।
रातिको समयमा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली तथा काँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे