२०८१ जेष्ठ ६, आईतबार
रुकुम। पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका-८ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। २२ दिनकी सुत्केरी, उनका नवजात शिशुसहित ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दियो।
सानीभेरी-५ मेल्चोरबाट मुसिकोट आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको थियो।
‘जिप सडकबाट निकै तल पुगेकाले सुरूमा त उद्धारमा पनि कठिन भयो। बिहान ८ः२० बजे दुर्घटना भएको हो, दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए,’ बाँफिकोट-८ का वडाध्यक्ष धनबहादुर खत्रीले भने।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। बाँकी ६ जनाको र”कुम पश्चिमकै सल्लेमा उपचार भइरहेको छ।
मृत्यु हुनेमा ३ जना सानीभेरी गाउँपालिकाका र बाँकी बाँफिकोटका रहेको वडाध्यक्ष खत्रीले बताए। शव अहिले सल्ले अस्पतालमा राखिएको छ र उनीहरूको सनाखत भइरहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे