२०८१ बैशाख १९, बुधबार
काठमाडौं, वैशाख १९ गते। लामो समयदेखि अनधिकृत व्यक्तिको पहुँचमा गएको गोरखापत्र अनलाइनको फेसबुक पेज पुनः प्रयोगमा आएको छ। नेपाल प्रहरी साइबर ब्यूरोको विशेष पहलमा मंगलबार फेसबुक पेज गोरखापत्र एडमिनको पहुँचमा आएको हो।
नेपाल प्रहरी साइबर ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द अर्यालको टोलीको विशेष पहलमा पेज पुनः प्रयोगमा आएको हो। वि.सं. २०७९ चैत ९ गते साँझदेखि साे पेज गोरखापत्र एडमिनको पहुँच बाहिर गएको थियो ।
ब्यूरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदीन ताम्रकारका अनुसार फेसबुकको टिमसँग निरन्तरको संवादबाट पेज पुनः प्रयोगमा ल्याउन सफलता मिलेको हो। मंगलबार दिउँसो २ बजेबाट फेसबुक पेज पुनः एडमीनको पहुँचमा आएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे