• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ११, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बाक्लो हिमपातले खुम्बु क्षेत्रको जनजीवन प्रभावित

२०८२ कार्तिक ११, मंगलबार
१२

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार

तीन महिना सडक खन्न नपाइने

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० जेष्ठ २८, आईतबार

  • १९३ पटक पढिएको
  • काठमाडौँ, जेठ २८ गते । सडक विभागले विगतमा झैँ यस वर्ष पनि ‘असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने’ सूचना बिहीबार जारी गरेको छ। सो अवधिमा सडक विभागमातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ।

    सडक विभागले विगतदेखि नै जेठको अन्त्यतिर यस्तो सूचना सार्वजनिक गर्दै आए पनि नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, ढल मर्मत गर्नेलगायतका निकायले सडक विभागको यो सूचनालाई टेर्दैनन्। आफ्नो आवश्यकता अनुसार सडक खन्ने गर्छन्।

    कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिने गरिए पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन। सडक विभागले विगत १० वर्षदेखि यसप्रकारको सूचना सार्वजनिक गर्दै आएको छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको स्पष्ट पार्नुभयो।

    उहाँले सडक खन्न नदिने सडक विभागको सूचनालाई यो वर्ष कुनै पनि निकायले अटेर गरेमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस सूचनालाई अटेर गरी सडक खन्ने निकायको प्रमुख वा कुनै व्यक्तिविशेषलाई सार्वजनिक सडक ऐनअनुसार थुन्न सक्ने तथा आर्थिक जरिवाना गराउन सक्ने उहाँले स्पष्ट पार्नुभयो। सडक विभागको क्षेत्रीय निर्देशकलाई सो अर्धन्यायिक अधिकार रहेको र उहाँले नै थुन्न सक्ने तथा आर्थिक जरिवाना गराउने निर्णय गर्ने सहसचिव थापाले बताउनुभयो।

    सडक नखन्न सार्वजनिक सूचना जारी गरिए पनि पाइप फुटेर वा लिक भएर अत्यावश्यक सेवाका रूपमा रहेको खानेपानी वितरणमै समस्या आउन सक्ने भएको अवस्थामा सम्बन्धित निकायले सडक विभागसँग अनुमति लिएर सडक खनी पाइपको मर्मत गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

    त्यसै गरी सडकमा खानेपानी वा ढलको पाइप चुहिएको अवस्थामा त्यसको मर्मतसम्भार गर्न दिएन भने सडक झन् बिग्रन सक्ने भएकाले त्यस्तो अवस्थामा सम्बन्धित निकायले अनुमति लिएर सडक खन्न सक्ने उहाँको भनाइ छ।

    उहाँले भन्नुभयो, “त्यसका अतिरिक्त अरू कुनै कारणले सडक खन्न दिइने छैन। बिजुली वा टेलिफोनको खम्बा गाड्ने प्रयोजनका लागि यस अवधिमा सडक खन्न दिइने छैन।” राजधानीको लैनचोर–महाराजगञ्ज–बुढानीलकण्ठ सडकखण्डमा पानी चुहिएको भन्दै सबैभन्दा बढी सडक खन्ने गरेको पाइएको सडक विभागका पूर्वमहानिर्देशकसमेत रहनुभएका थापाले बताउनुभयो।

    नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सडक विभागको अनुमतिमा मात्र प्राधिकरणले सडकमा बिजुलीको तार भूमिगत गर्ने तथा सडकपेटीमा खम्बा गाड्ने काम गर्ने गरेको बताउँदै सडक विभागले सडक नखन्न सार्वजनिक सूचना नै जारी गरेको अवस्थामा प्राधिकरणले विद्युत्को तार भूमिगत कार्य भदौ मसान्तसम्म स्थगित गर्ने स्पष्ट पार्नुभयो। मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन एकाइका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले सडक खन्न नपाइने भन्ने सडक विभागको सूचनापछि यस आयोजनाले नयाँ पाइप जडान नगर्ने बताउँदै चुहावट भएको ठाउँमा सडक विभागको अनुमतिले मर्मतसम्भारको काम मात्र गर्ने स्पष्ट पार्नुभयो। गोरखापत्रबाट

  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • सडक विभाग
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ

  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

  • एनपीएलमा आज दुई खेल हुँदै

  • आज यी तीन प्रदेशमा आंशिक बदली हुने

  • समाचार
  • १

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • २

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • ४

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर ११, बिहिबार

  • ५

    यातायात कार्यालय चितवनबाट लाइसेन्स नवीकरण र प्रमाणीकरणको काम सुरु
    २०८२ मंसिर १०, बुधबार

  • ६

    जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
    २०८२ मंसिर १०, बुधबार

  • ७

    नवलपुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु
    २०८२ मंसिर १०, बुधबार

  • ८

    एनपीएलमा आज विराटनगर र चितवन भिड्दै
    २०८२ मंसिर १०, बुधबार

  • ९

    आज यी तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १०, बुधबार

  • १०

    स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, झण्डै २० हजार उजुरी दर्ता
    २०८२ मंसिर ९, मंगलबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution