२०८१ जेष्ठ ६, आईतबार
काठमाडौँ, ३० जेठ । केन्द्रीय बैंकले खाता सम्बन्धी जनचेतनामूलक सूचना जारी गरेको छ । बैंकले आधारभूत वित्तीय सेवामा सबैको पहुँच सहज हुनुपर्ने मान्यताको आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा बैंक तथा वित्तीय संस्थाहरूले कुनै शुल्क लिन नपाउने पुनः अवगत गराएको हो ।
यस्तै, सेवाग्राहीको वित्तीय कारोबारमा बैंक तथा वित्तीय संस्थाबाट जारी हुने चेक (गुड फर पेमेन्ट चेकसमेत), चेकको कारोबार रोक्का गर्दा, ब्यालेन्स सर्टिफिकेशन गर्दा, खाता सञ्चालन गर्दा तथा खाता बन्द गर्दा समेत कुनै शुल्क लिन नपाइने केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी वित्तीय कारोबारको स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, निष्क्रिय खाता सक्रिय गराउँदा, मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम–पासवर्ड हराएमा, २ लाख रुपैयाँभन्दा कम रकमको चेक क्लियरिङ गर्दा र एबीबीएस लगायत सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे