२०८२ बैशाख १८, बिहिबार
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९९ रनको योगदान गरे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे । उनी सतक बनाउनमा १ रनले चुके । त्यस्तै आशिफ शेख ६६ रन बनाएर आउट भए । १०० बल खेलेका उनले सात चौका प्रहार गरे ।
कुशल मल्लले ४१ रनको योगदान गरे । उनले ४२ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । उनले २९ बलमा दुई चौका र दुई छक्का प्रहार गरे । गुल्सन झा १३ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरे । आरिफ शेख ११ बलमा १० र दीपेन्द्रसिंह ऐरी ७ बलमा ६ रन बनाएर आउट हुँदा भीम सार्कीले रनको खाना नै खोल्न सकेनन् ।
क्वालिफायर अन्तर्गत समूह ए मा नेपालले आज पहिलो खेल जिम्बाब्वेविरुद्ध खेलेको हो । केहि बेरमा जिम्बाब्वेले जवाफी ब्याटिङ गर्दैछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे