ओखलढुंगा, ८ असार । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको छ । गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको हो ।
दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ । अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ । छोराको शव फेला पर्न बाँकी रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे