२०८२ अषाढ २९, आईतबार
काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ ।
४० जना यात्रु बोकेको बस दासढुंगास्थित मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो ।
बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर रुखमा अड्किएको छ । रुखले अड्काएकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा परी १९ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि भरतपुरका अस्पतालहरुमा पुर्याइएको पनि प्रहरीले जनाएको छ ।
पुरानो मेडिकल कलेजमा १० जना र भरतपुर सरकारी अस्पतालमा आठ जनाको उपचार भईरहेको र एक जना उपचारका लागि आफैं काठमाडौं गएको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे